२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

रुकुममा भूकम्प

रुकुम केन्द्रबिन्दु बनाएर सोमवार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले ४.१ म्याग्निच्युड भूकम्प मापन गरेको बताएको छ ।  छिमेकी जिल्ला सल्यान र जाजरकोटमा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले जिल्लामा क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रसुवाका भूकम्पपीडितलार्इ खाद्यान्न वितरण

रसुवाको हाकुबेसीमा निर्माणाधिन माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाले रसुवाका भूकम्प पीडितका लागि खाद्यान्न सामग्री वितरण गरेको छ।

भूकम्प पीडितको दसैं यस पटक पनि टहरामै

बिहानीको झुल्के घामसँगै नुवाइधुवाइ चित्त शुद्ध बनाएपछि बाँडेगाउँका भरतप्रसाद तिमिल्सिनालाई जमरा राख्ने हतारो सुरु भयो । सफा जमिनको मलिनो माटो धुलो बनाए अस्थायी टहरोको एउटा कुनामा खन्याएपछि उनी जमरा राख्न जुटे।

सात लाख भूकम्प पीडितको दसैं टहरामै

२०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्प पीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेलले दसैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भिœयाउने घोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।

मेक्सिकोमा शक्तिशाली भूकम्प, सय भन्दा बढीको मृत्यु

मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ। यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

अनुदान सम्झौता नभएका भूकम्पपीडितमध्ये ५४ प्रतिशतमा जग्गा समस्या

भूकम्प गएको २८ महिना बितिसक्दा करिब एक लाख २० हजार भूकम्पपीडितसँग अझै अनुदान सम्झौता हुन सकेको छैन । यसकारण उनीहरु सरकारबाट पाउने अनुदान लिने प्रक्रियाबाटै वञ्चित भएका छन् ।

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ।

मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प

मेक्सिकोमा बिहीबार अबेररातितिर शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ। भूकम्प ८ म्याग्निच्युडको मापन गरिएको पनि बताइएको छ।

उत्तर कोरियाको आणविक परीक्षणले भूकम्प

अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको छ ।

भूकम्पपीडितको व्यथा : पीडित तीन हजार, अनुदान दुई सयलाई मात्रै

भक्तपुरमा भूकम्पपीडितको पहिचान भएका २७ हजार पाँच सय ६६ घर मध्ये हालसम्म दुई सय ६६ परिवारले मात्रै दोस्रो किस्ताको राहत पाएका छन् ।

भूकम्पले भत्काएको रसुवा जिल्ला अस्पताल २७ महिनादेखि टेन्टमा

महाभूकम्पले भत्काएको जिल्ला अस्पताल पुनःनिर्माण हुन नसक्दा २७ महिनादेखि टेन्टमै सञ्चालन भइरहेको छ। सदरमुकाम धुन्चेस्थित जिल्लाको एक मात्र अस्पताल समयमै पुनर्निर्माण हुन नसक्दा २७ टेन्टमा सीमित भएको हो।

भूकम्प पीडितसँग घुस लिँदैगर्दा सव–इन्जिनियर पक्राउ

भूकम्पको दोस्रो किस्ता सिफारिस गर्न र घरको नक्सापास गर्न सेवाग्राही सँग घुस लिँदैगर्दा पालुङटार नगरपालिकाका सव–इन्जिनियर सुनिल देवकोटालाई अख्तियारले आइतबार पक्राउ गरेको छ।

भूकम्पमा भत्किएका विद्यालयको तत्काल निर्माण सुरु: शिक्षामन्त्री श्रेष्ठ

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले भूकम्पमा भत्किएको र अहिले सम्म कसरी निर्माण गर्ने भन्ने टुङ्गो नलागेका विद्यालयहरु तत्काल निर्माण सुरु गर्ने बताएका छन्।

भूकम्पका २७ महिना : रसुवाका १५ विद्यालयको भवन निर्माण सुरु हुनै सकेन

रसुवामा भूकम्पले पूर्ण क्षति पुगेका विद्यालय भवन निर्माणका लागि जग्गाको अभाव भएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि रकम पर्याप्त भए पनि विद्यालयले जग्गा व्यवस्थापन गर्न नसक्दा जिल्लाको १५ सामुदायिक विद्यालय भवन निर्माण सुरु हुन नसकेको हो।

बाजुरामा ४.९ रिक्टर स्केलको भूकम्प महसुस

बाजुरामा भूकम्पको धक्का महसुस भएको छ। छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२ः५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाडौंले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्