७ माघ २०८२ बुधबार
image/svg+xml

हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले परिष्कृत कांग्रेस मार्फत समुन्नत देश निर्माणका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

म्याग्दी प्रशासनकाे हतियार बुझाउने निर्देशन

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै शान्तिसुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

ट्रम्प सवार विमान बिचबाटै फर्कियो

हाल एयर फोर्स वानको रूपमा प्रयोग हुने दुई विमानले करिब चार दशकदेखि उडान भर्दै आएका छन्। बोइङले प्रतिस्थापन विमानमा काम गरिरहेको छ। तर कार्यक्रममा निकै ढिलाइ भएको छ। यी विमानहरूमा विकिरण संरक्षण, क्षेप्यास्त्र प्रतिरोधी प्रविधि, आपतकालीन बाँच्ने क्षमता र विश्वभरबाट आदेश दिने सञ्चार प्रणाली जडान गरिएका हुन्छन्।

एमाले छोडेर बालेनलाई जिताउने अभियानमा लागे युवा संघका नेता

खतिवडाले सामाजिक सञ्जालमार्फत पार्टी र संगठनका सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बताएका छन्। उनले परिवर्तनलाई आत्मसात् गर्दै अब स्वतन्त्र राजनीतिक जीवन बिताउने उल्लेख गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

आज दिउँसो ३ बजेदेखि यही माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरिनेछ। माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’ मा हरिवंशको ‘भूठान’

चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ।

शान्तिको सार्वभौमिक मूल्य

शान्ति मानव सभ्यताको आधारस्तम्भ हो। मानव इतिहासका सबै उतारचढाव, युद्ध, क्रान्ति र परिवर्तनबिच पनि शान्तिको खोज कहिल्यै समाप्त भएको छैन।

देशभर सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने विभिन्न राजनीतिक दलका नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।

तीन लाख नजिक पुग्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

उम्मेदवारी दर्तासँगै निर्वाचनमा होमिए दलहरू

प्रतिनिधिसभा सदस्यका लागि मंगलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका राजनीतिक दल निर्वाचनमा होमिएका छन्।

नाटक 'भट्टी टेल्स' को सेलिब्रेसन टेन एक्समा

ओस्कार इन्टर नेसनल फिल्म कलेज सुकेधाराको साधना घर थिएटरमा नाटक मञ्चन भएको थियो। पुस १६ देखि माघ ३ गते सम्म मञ्चन भएको नाटकको लेखन निर्देशन जेम्स ढकालले गरेका हुन।

ट्रम्पले म्याक्रोनको ‘प्राइभेट म्यासेज’ सार्वजनिक गरेपछि...

म्याक्रोनले ट्रम्पलाई ‘मेरो साथी’ भनेर सम्बोधन गरे पनि ट्रम्पले सन्देश सार्वजनिक गरेर तनाव बढाएका छन्। ट्रम्पले ग्रीनल्याण्ड कुनै पनि मूल्यमा कब्जा गर्ने धम्की दिँदै आएका छन्। उनले फ्रान्सेली वाइन र शैम्पेनमा २०० प्रतिशत कर लगाउने चेतावनी पनि दिएका छन्।

तीन गोलको अग्रता पनि जोगिएन

तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले थाइल्यान्डमा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ।

‘श्री बुकुरो: द होम कलिङ’ को प्रदर्शन मिति घोषणा

सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्