२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अफिसमा फेसबुक चलाउने कर्मचारीको फोटो राखेको छु, तत्काल कारवाही गर्नूः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाईल फोनमा समेत संवाद नगर्न सचेत गराएका छन्।

तिजैमा नाचौं छमछमी

तिजको लहर आयो बरिलै ... तीजको रन्कोले छोपिसकेको छ। जब रेडियोमा तीजे गीतका भाका सुन्छु तब मनभरी छमछमी नाचेको याद आउँछ। बालापनले ढपक्कै छोपिदिन्छ। अहो, ती दिन अब कहिल्यै फर्काउन सकिँदैन। तीज भन्नासाथ मनमा झट्ट आउने कुरा दर, माइती, साथीसंगी, चेलीबेटी, पहिरन, सुखदुख, गीत आदि हुन्। बालापन सम्झिँदा मन भरिएर आउँछ।

नेपाली कला सिक्दै विदेशी कलाकार

नेपाली कला र संस्कृति सिक्न र बुझ्न विदेशी कलाकारहरू नेपाल आउने गरेका छन्। नेपाल घुमघाम र नेपाली कला संस्कृति सिक्न आइपुग्नेका विदेशी कलाकारहरूलाई केन्द्रित गरेर पुल्चोकस्थित बिकल्प आर्ट सेन्टरले कलासम्बन्धी आवासीय कार्यशाला सञ्चालन गरिरहेको छ।

भक्तपुरमा मनाइयो पञ्चदान पर्व

पाँच दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई बुधबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान च-हे) का दिन यो पर्व मनाउने गरिन्छ।

काठमाडौं बाहिर रहेकाे पर्यटन विभागको ७ कार्यालयले के–के काम गर्छ ? कहाँ-कहाँ छ ?

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहतको पर्यटन विभागले आफुले गर्दै आएको कामलाई विकेन्द्रित गरेको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पर्यटन विभागले काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारीसहित अधिकार प्रत्यायोजन गरेको हो।

बाघखोरमा ‘हिले जात्रा’

शैलुङ गाउँपालिकास्थित देउराली बाघखोर बजारमा स्थानीय कला र संस्कृतिको प्रवद्धन गर्दै ‘हिले जात्रा’ सुरु भएको छ। परम्परागत रूपमा आयोजना हुँदै आएको जात्राको उदघाटन मंगलबार पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल गरेका थिए।

‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’

नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताए । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने उनको भनाइ थियो । “यसको संरक्षण हामी सबैको साझा दायित्व हो”, उनले भने ।

युरोपेली आकाशमा छिट्टै नेपाली विमानले उडान भर्छः भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरेका छन्।

क्यानभासमा हिमाली संस्कृति

हिमाली भेगमा बसोबास गर्ने मानिसको फरक धारणालाई कलामार्फत प्रस्तुत गर्न खोजेको उनले बताइन्। ‘हुम्लामा जन्मिएर हुर्किएको हुँदा मेरो कलामा त्यहाँको प्रभाव धेरै छ।

भजन संस्कृति जोगाउन भक्तपुरमा सम्मेलन

भजन संस्कृति जोगाउन शनिबार भक्तपुरमा भजन सम्मेलन गरिएको छ। श्री बाराहीपीठ विकास समितिको आयोजनामा एकदिने भजन सम्मेलन गरिएको हो। सम्मेलनमा विभिन्न ठाउँंका सात वटा भजन मण्डलीहरुले पालैपालो दिनभर भजन गाएका थिए। विहानदेखि साँंझसम्म विभिन्न भजन टोलीहरुले माइक राखेर भजन गाएका थिए।

‘मौलिक पोशाकभित्र पहिचान खोजौैँ'

शताब्दी वाङ्मय पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली मौलिकता र संस्कृति समेटिएका पोशाकलाई राष्ट्रिय पहिचानको रूपमा विकास गर्नुपर्ने बताएका छन्। राष्ट्रिय पोशाक संरक्षण महाअभियानले शुक्रबार ललितपुरमा आयोजना गरेको औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका विषयक गोष्ठीमा बोल्दै जोशीले मौलिक पोशाकलाई आधुनिक फेसनले मेटाउन लागेको भन्दै युवापुस्ताबाटै मौलिक पोशाकको जर्गेना हुनुपर्ने बताएका हुन्।

आज घण्टाकर्ण मनाइँदै

कला संस्कृति भजन महागुथी भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसी यो पर्व पर्वमा मात्रै सिमित नभई वैज्ञानिक कारण पनि जोडिएको सुनाउँछन्।

प्रेरक जीवनकथा

एस.पी. श्रेष्ठको ‘केही ज्ञानी पुरुष’ भन्ने जीवनी सङ्ग्रह प्रकाशित छ। यसमा ६ जना साधुसन्तको संघर्षपूर्ण जीवनकथा समेटिएको छ। सन्त कबिरदास (१३९८–१५१८)को जीवनी छ सुरुमा। उनका जीवनीबाट मान्छेको कुनै जात हुँदैन। धर्मसंस्कृतिको अनावश्यक विवादले कसैको भलो गर्दैन। सबैलाई आआफ्नो धर्म मान्ने अधिकार छ। एक आपसमा मिलेर काम गर्दा मानवीय भावना बढ्छ र सबैलाई राम्रो हुन्छ भन्ने ज्ञान दिलाएको छ।

धामी–झाँक्रीको प्रोत्साहनमा बजेट

हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको छ। धामीझाँक्रीको सहायतामा विभिन्न जातजातिको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षण हुँदै आएको तथ्यलाई ध्यानमा राखी नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको जनाएको छ।

डेबिट कार्डको आवरण डिजाइन प्रतिस्पर्धा गराउँदै लक्ष्मी बैंक

लक्ष्मी बैंकले डेबिट कार्डको आवरण डिजाइन प्रतिस्पर्धा गराउने योजना ल्याएको छ। उक्त प्रतिस्पर्धामा सहभागी हुन बैंकले देशभरका ग्राहक र सर्वसाधारणलाई आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्