२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संस्कृतिविद् जोशी सम्मानित

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ।

‘धर्म संस्कृतिको जगेर्ना गर्न मिडियाको ठूलो भूमिका’

स्वामी आनन्द अरुणले विकसको नाममा धर्म संस्कृति लोप हुँदै गएको बताउँदै धर्म संस्कृतिलाई जगेर्ना गर्न प्रेस जगत्ले महत्वपूर्ण योगदान पु¥याउनुपर्ने बताएका छन्।

जेसुम यात्रामा कविता र सम्पदा

कला, साहित्य र रंगमञ्चको संगमका रूपमा स्थानीय र सम्पदा प्रवद्र्धन गर्ने उद्देश्यले हु“दै आएको जेसुम यात्राको आठौं श्रृंखला ललितपुरको खोकनामा सम्पन्न भएको छ। खोकना बसपार्कबाट सुरु भएको चित्रकार, कवि र रंगकर्मी सहभागी यात्रा खोकनाका पुराना घर, मन्दिर, देवल, पोखरी, तेल पेल्ने पुरानो कोल, मल्लकालीन बौद्ध विहारलगायतको अवलोकन गर्दै रुद्रायणी मन्दिरमा पुगेको थियो।

गुठीलाई संस्कृति मन्त्रालय मातहत राख्न संघर्ष समितिको माग

गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ।

टुँडिखेलमा पहिचान र संस्कृतिको कुरा

टुँडिखेलको सहज परिचय काठमाडौंको बीच भागमा अवस्थित खुल्ला मैदान हो। यो शहिदगेट र रत्नपार्कको बिचमा अवस्थित छ। सामान्यतया आम मानिसको टुँडिखेलप्रतिको बुझाइ यहि हो।

गुठीका नाममा जनतामाथि शोषण भइरहेको छ: प्रधानमन्त्री ओली

साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म संस्कृतिमा असर परेको छ भने सरकारले गुठी विधेयक सच्याउने बताएका छन्।

'गरिव किसानको आँसु नदेख्ने प्रतिपक्ष किन गुठी विधेयकको विरोध गर्दैछ?'

नेकपाका सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छन् ।

महिला हिंसाको चित्र

आज पनि मैथिल समाजमा छोरा पाउनु नै प्रत्येक दम्पत्तीको उद्देश्य हुन्छ। छोरालाई परिवारमा वरदान र छोरीलाई अभिशाप नै ठानिन्छ।

बंगलादेशी राजदूत सम्मानित

नेपाली साहित्य, संगीत र संस्कृति संरक्षणमा योगदान पु¥याएको भन्दै नेपालका लागि बंगलादेशकी राजदूत म्यासम विन्ते चाम्सलाई अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले सम्मान गरेको छ।

किरातीका चार ढोका

ललितपुरको सानो हात्तीवनमा किरातीको धार्मिक स्थल छ–किरात माङहिम मन्दिर। उक्त मन्दिर ललितपुर महानगरपालिका–२३ मा पर्दछ। किरातअन्तर्गत राई, याख्खा, सुनुवार र लिम्बू पर्दछन। माङहिम मन्दिरमा उनीहरूका बेग्लाबेग्लै ढोका छन्। किरातीको महान चाड मंसिरे पूर्णिमा उँधौली र वैशाख पूर्णिमा उँभौलीका बेला आआफ्ना ढोका अगाडि नाच्ने गरिन्छ। अरूको ढोकाको गेटमा नाच्न मिल्दैन।

गुमनाम हरिराम

संस्कृति, साहित्य र भाषा क्षेत्रका अब्बल व्यक्तित्व सत्यमोहन जोशीको तीन÷चार वर्षयता चर्चा निकै चुलियो।राज्य र समाजले उनलाई छुट्टै बरियतामा राख्यो।सायद, सत्यमोहन उमेरले मात्रै सय प्रवेश गरेका भए यतिका सम्मान पाउने थिएनन्।उमेरले सय प्रवेश गर्नु अनि संस्कृति–इतिहास, भाषा–कला र साहित्यमा योगदान पु¥याउनु जोशीको गर्भिलो र फरक पक्ष थियो।तर, सत्यमोहनलाई राज्यले बुझिरहँदा उनीभन्दा कम उमेरका तथा उत्तिकै योगदान पु¥याएका हरिराम जोशी (८४) लाई बिर्सन मिल्दैन।उमेर केही वर्ष कम होला, हरिरामको कर्म र मगज भने सत्यमोहनको भन्दा कमचाहीँ छैन।इतिहास–संस्कृति, भाषा–साहित्य, वेद–वेदांग एवम् हिन्दू पुराणका अनेकौं विषयमाथि उनको गहिरो खोज छ।ती विषयमा उनले अनेक ढंगले अनुसन्धान गरेका छन्।

गुठीबारे भ्रम र यथार्थ

गुठी संस्कृतको गोष्ठी शब्दबाट हो। गुठी भनेको समूह जस्तो वा समाज भनेको पनि हो। समाजको केही उद्देश्यको लागि जस्तै धार्मीक सामाजिक उद्देश्य पुरा गर्नको लागि अथवा यसलाई निरन्तरता दिनका लागि गुठी बनेका हुन्। विसं ५१७ भन्दापनि पहिलेको शिलालेख बाट गुठीको विकास भएको देखिन्छ। यसले यसको ऐतिहासिकतालाई दर्शाउँछ। चावहिलको बुद्ध चैत्यमा लेखेको शिलालेखमाले गुठीको इतिहास बताउँछ। यो शिलालेख १ हजार ५ सय बर्ष पुरानो हो।

‘तेस्रो राष्ट्रिय लोकवार्ता कांग्रेस’ शुक्रबारदेखि

नेपाली लोकवार्ता तथा संस्कृति समाजको आयोजनामा आगामी शुक्रबार र शनिबार ‘तेस्रो राष्ट्रिय लोकवार्ता कंग्रेस’ सम्मेलन हुने भएको छ। नेपाली पुराना संस्कृतिलाई परम्परागतमुखी मात्र नभइ मानिसको दैनिक जीवनसँग जोड्नका लागि सम्मेलनको आयोजना गर्न लागिएको समाजका अध्यक्ष तुलसी दिवसले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्