संस्कृति, साहित्य र भाषा क्षेत्रका अब्बल व्यक्तित्व सत्यमोहन जोशीको तीन÷चार वर्षयता चर्चा निकै चुलियो।राज्य र समाजले उनलाई छुट्टै बरियतामा राख्यो।सायद, सत्यमोहन उमेरले मात्रै सय प्रवेश गरेका भए यतिका सम्मान पाउने थिएनन्।उमेरले सय प्रवेश गर्नु अनि संस्कृति–इतिहास, भाषा–कला र साहित्यमा योगदान पु¥याउनु जोशीको गर्भिलो र फरक पक्ष थियो।तर, सत्यमोहनलाई राज्यले बुझिरहँदा उनीभन्दा कम उमेरका तथा उत्तिकै योगदान पु¥याएका हरिराम जोशी (८४) लाई बिर्सन मिल्दैन।उमेर केही वर्ष कम होला, हरिरामको कर्म र मगज भने सत्यमोहनको भन्दा कमचाहीँ छैन।इतिहास–संस्कृति, भाषा–साहित्य, वेद–वेदांग एवम् हिन्दू पुराणका अनेकौं विषयमाथि उनको गहिरो खोज छ।ती विषयमा उनले अनेक ढंगले अनुसन्धान गरेका छन्।
कयौं किताब लेखेर पुरानो संस्कृतिको छाप आगामी पुस्तालाई छाडेका छन् । दुःखको कुरा यति धेरै विषयमा अनुसन्धाता यतिखेर गुमनाम छन्।वयस्क उमेरदेखि साहित्य, कला, संस्कृति, इतिहास र खोज अनुसन्धानका अनेकौं विषयमा योगदान पु¥याएका हरिरामलाई चिन्ने धेरै छैनन्।उनको प्रतिभा र कामलाई बुझ्ने केही बुद्धिजीवी र पत्रकारले हिजोआज उनको घरमा पुग्छन्।उनले आफ्नो फेहरिस्त बताएपछि उनको बारे केही सञ्चारमाध्यमले लेखेका पनि छन्।तर, त्यतिले मात्रै हरिरामको कदर हुँदैन।उनलाई राज्यले चिन्न सक्नुपर्छ।उनको खोज अनुसन्धानका ठूल्ठूला किताबका ठेली राज्यका पुस्तकालय र अभिलेखालयमा राखिनुपर्छ।त्यति भयो भने मात्रै हरिरामको मन खुसी हुनेछ।तनमन, धनको लगानीले सार्थकता पाउनेछ।त्यति मात्रै होइन, त्यसको फाइदा राज्यलाई पनि पुग्नेछ ।
सत्यमोहनलाई राज्यले बुझिरहँदा उनीभन्दा कम उमेरका तथा उत्तिकै योगदान पु¥याएका हरिराम जोशी (८४) लाई बिर्सन मिल्दैन । उमेर केही वर्ष कम होला, हरिरामको कर्म र मगज भने सत्यमोहनको भन्दा कमचाहीँ छैन ।
सोमबार बिहान ललितपुर मानभवनस्थित उनको घरमा पुग्दा धेरैबेर घोत्लिए।प्रश्न गर्दै जाँदा विस्तारै विस्तारै गुनासोको भारी बिसाउन थाले।सायद, मिडियाकर्मीसँग भनेको कुरा छापिएर राज्यका निकायमा पुग्छ भन्ने सोच आएको हुनुपर्छ उनलाई ।
कुराकानी गर्दै जादा थाहा भयो– नेपालको राजनीतिक दलदलप्रति उनी आजित रहेछन्।भाषा–साहित्य र कला–संस्कृतिप्रति राज्यले गरेको लगानी ठिन भएन भन्नेजस्ता अनेकौं गुनासा थिए उनका।आफूजस्ता कैयौं व्यक्ति र तिनका कामलाई नबुझ्दा त्यसको घाटा राज्यलाई नै भइरहेको उनले सुनाए।कसैलाई ज्यूँ–ज्यूँ गरेर मात्रै सम्मान पाइने अवस्थादेखि पनि उनी दिक्क रहेछन्।त्यसैले त उनी सरकारी होस् वा निजी, कुनै प्रकारका सार्वजनिक कार्यक्रममा निस्किँदैनन्।‘राम्रो काम गर्नेले कहिल्यै पनि प्रचारवाजी गर्दैन।त्यहाँको सरकारले र माथिल्लो निकायले त्यसको कदर गर्छ, राज्यको फाइदाको लागि त्यो व्यक्तिलाई प्रयोग गर्न सक्छ,’ उनले सुनाए, ‘तर, नेपालमा राम्रो काम गरे पनि कसैले वास्ता गर्दैन, कयौं प्रतिभा र सर्जकलाई नचिन्दाको बेफाइदा राज्यलाई नै भइरहेको छ ।’
इतिहास–संस्कृति, भाषा–साहित्य, वेद–वेदांग एवम् हिन्दू पुराणका अनेकौं विषयमाथि हरिरामले खोज गरेका छन् ।
आफ्ना सिर्जना र अनुसन्धानले राज्यलाई योगदान पुगोस् भन्ने सोच अझै मरेको छैन उनलाई।उनी हालसम्म आफ्नो कामको कहिल्यै प्रचार गरेनन् र गर्न चाहनन् पनि।काम गरेपछि एक दिन कुनै न कुनै ढंगले मूल्यांकन हुन्छ भन्ने आशाा छ मरेकोचाहीँ छैन ।
आशावादी चिन्तन भएका हरिराम कसैको कटु आलोचना र चाखलाग्दो प्रसंसा पनि गर्दैनन्।जे छ यथार्थ बहकिने र खरो शैलीको प्रस्तुतिले उनी अरुभन्दा भिन्न छन्।अध्ययन÷अनुसन्धानले खारिएका हरिरामको साहित्य र संस्कृतिमाथि धावा बोल्नेलाई प्रहार गर्न पछि पर्दैनन्।उनी आफूले अध्ययन गरेको विषयमा अरु कसैले सोध्छ भन्ने राम्ररी बुझाउन पनि सक्छन्।तर, उनीकहाँ कला, संस्कृति, पुराण, वेदलगायत विषयमा जिज्ञासु भएर कोही पुग्दैनन्।नयाँ पुस्तालाई आफ्नो ज्ञान हस्तान्तरण गर्न नपाउँदा कतिपय महŒवपूर्ण इतिहास र संस्कृति लोप हुने हो की भन्ने डर छ उनलाई ।
उमेरले बुढ्यौली लागेका हरिराम अहिले पनि उत्तिकै सक्रिय छन्, अध्ययन–अनुसन्धानमा।उनी महिनौं लगाएर इतिहास र संस्कृतिका चुपचाप अध्ययन–अनुसन्धान गर्छन्।इतिहास र कला संस्कृतिका अध्ययन गर्दा छुट्टै रस फेला पार्छन्।चिनेको प्रकाशनलाई पैसा तिरेर किताब छाप्छन् र केही लाइब्रेरीमा पु¥याउँछन् ।
त्यसो त सत्यमोहन संस्कृतिविद् हुन् भन्ने कुरामा उनी त्यति सन्तुष्ट देखिएनन्।समाज र राज्यले स्वीकारिसकेकाले उनी सिधै आलोचना गर्न चाहेनन्।तर, साहित्य र कला संस्कृति हल्का जान्दैमा संस्कृतिविद् भन्न मिल्दैन भन्ने उनको तर्क छ।‘सत्यमोहन त सही पात्र नै हो।तर, हामीले कहिलेकाहीँ उचाल्नै नपर्नेलाई उचाल्छौं र बसाल्न नपर्नेलाई बसाल्छौं।यो बिलकुल गलत शैली हो,’ उनले सुनाए ।
राज्यले सम्मान गरेका व्यक्ति सत्यमोहनको प्रसंगसँग उनले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई दाजे।उनले लक्ष्मीप्रसाद देवकोटालाई ‘महाकवि’ उपमा राज्यले नभएर जनताले दिएको सुनाए।‘त्यस्तो होनाहार पात्र जसले दस दिनमा महाकाव्य लेखिदियो, त्यस्तो पात्रलाई त राज्यले चिन्न सकेन, हामीलाई त कहाँ चिन्नु,’ उनले सुनाए, ‘स्रष्टा नचिन्ने प्रवृत्तिले राज्यलाई नै घाटा भइरहेको छ ।’ उनले महाकवि देवकोटा संसारकै दुर्लभ मानिस भएकाले उनको नाम र कामको उच्च सम्मान हुनुपर्ने बताए ।
उनी संस्कृति, इतिहासमात्रै नभएर भूगोल, नेपाली शब्दकोश, धर्म, गीताबारे पनि जानकार छन्।आफ्नो विश्राम कक्षमा यी विषयमा लेखिएका पुस्तकको चाङ मिलाएर राखेका छन् । उनी आफू १४÷१५ वर्षको हुँदा काठमाडौंका सडकमा हिँड्ने दुःखी–गरिबका चित्र कविता कोरेका थिए।बटुवा र सडकपेटीका माग्नेहरूको कथा–कविता उनको पुरानो डायरीमा दुरुस्तै छ।नेपाली संस्कृति र इतिहास खोजीका क्षेत्रमा भने स्थापित मानिन्छ उनको नाम।त्यसैले उनी सत्यमोहन जस्तै जिउँदो इतिहास हुन्।उनीभित्र रहेको नेपाली इतिहास र संस्कृति खोतल्न सामान्य गफले पुग्दैन।उनको कोठा संस्कृति, पुरातŒव, इतिहास विषय अध्ययन–अध्यापन गर्नेका लागि बृहत् पुस्तकालय पनि हुनसक्छ ।
हरिरामको परिचय यतिले मात्रै पुग्दैन, उनले गरेका काम धेरै छ– इतिहासकार, संस्कृतिविद्, मुद्रा विशेषज्ञ, पुरात्वविद्, अन्वेषकलगायत।१९९२ सालमा जन्मेका उनी सानैदेखि नयाँ–नयाँ विषयमा खोजीनीति गर्न रुचाउँथे।विभिन्न विधाका २८ भन्दा बढी पुस्तक लेखिसकेका र २८ वर्ष निजामती सेवामा बिताएका उनले किताबखाना, केशर पुस्तकालय, पुरातत्व विभाग, सामान्य प्रशासन, परराष्ट्र, सञ्चार, अञ्चलाधीश कार्यालय, आर्मी हेडक्वार्टर हुँदै रक्षा मन्त्रालयमा समेत काम गरे।०५० सालमा अवकास पाएपछि उनी उपनिषद्, वेद, मनुस्मृति, त्रिपिटक, पुराण, वैदिक कोश र पौराणिक आख्यानबारे अध्ययन गरिरहेका छन् ।
उनीसँग ६० वर्ष पहिलेको उपत्यकाका नेवार बस्तीका भित्री टोलको नाम प्रमाणसहित छ।आधुनिक, प्राचीन नाम र त्यो नाम फेरिएको प्रमाण छ।६० वर्षअघिको सात बारलाई अर्कै नामले बोलाउने चलन थियो।ती सबै नाम उनको डायरीमा सुरक्षित छन ्। उनले लेखेका अभिनव संस्कृति विश्वकोष, नेपालका चाडपर्व र हिन्दू देवीदेवता, उत्तर प्राचीनकालीन मुद्रा, नेपालको प्राचीन अभिलेख, हाम्रोसंस्कृतिलगायत २५ भन्दा बढी ग्रन्थ प्रकाशित भइसकेका छन्।गत वर्ष मात्र उनको ‘अभिनव संस्कृति विश्वकोष’ सार्वजनिक भएको थियो।हरिराम अहिले अर्को कृति ‘अभिनव वेद वेदांग एवम् इतिहास पुराणाधीकोष’ प्रकाशित गर्ने तयारीमा छन्।केही महिनामै यो पुस्तक बजारमा आउनेछ ।
उनीसँग एउटा क्षेत्रको मात्रै ज्ञान छैन।उनले आफूलाई हरेक क्षेत्रमा चिनाउने प्रयत्न गरेका छन्।कथाकार, कवि र गीतकारका रूपमा पनि उनी परिचित नै मानिन्छन्।उनका हिन्दू प्रतिमा लक्षण, ‘कामना’ (कविता संग्रह), प्राक्कालमा नवयौवना बहिनीलाई चिठी (खण्डकाव्य) बुद्धयुग, उपनिषद् ज्योति, दासप्रथाजस्ता नेपाली समाजको तत्कालीन यथार्थ झल्काउने अन्य थुप्रै कृति प्रकाशित गरेका छन्।उनले विसं २०३८ देखि जोशी रिचर्स इन्स्टिच्युट खोली त्रैमासिक पत्रिका ‘रोलम्बा’ पनि प्रकाशनमा ल्याएका थिए।उक्त पत्रिकामा इतिहास र संस्कृति खोजको विषयलाई उठाइन्थ्यो।पत्रिकाले उठाएका हरेक विषय अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित हुन्थे।नेपाली कलासंस्कृतिका बारेका छापिएका लेखहरू विदेशमा पनि पुग्थे।त्यसले यहाँको पर्यटन क्षेत्रलाई केही योगदान पनि पु¥याएको थियो।अहिले यो पत्रिका बन्द भएको छ।आफ्नो बुढ्यौलीपना र केही अस्वस्थताका कारण यसलाई निरन्तरता दिन नसकेको उनको गुनासो छ।तर, पत्रिका बन्द भए पनि उनी थाकेका छैनन्।बरु दिनभरि खाटमा बसेर उनी संस्कृति खोजीमा लाग्छन्।यो काममा खासै आम्दानी हुँदैन।अहिले कलासंस्कृतिका लेखिएका पुस्तकले पनि बजारमा त्यति पालो पाउँदैनन्।त्यसैले पनि यस्ता इतिहास कोर्ने पात्रहरू अहिले पर्दा पछाडि छन्।
प्रकाशित: ३२ जेष्ठ २०७६ ०२:५९ शनिबार