२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ढोरपाटनलाई नमुना नगर बनाउने नेपालीको योजना

शाख १९ गते जिल्लाको बुर्तिबाङबाट एकाएक सनसनीपूर्ण खबर आयो । देवकुमार नेपाली माओवादी केन्द्रबाट एमाले प्रवेश गरी मेयरको उम्मेदवार बने रे ।

बाग्लुङको ढोरपाटन नगरपालिकामा एमाले विजयी

जिल्लाको ढोरपाटन नगरपालिका एमालेले जितेको छ। उक्त नगरपालिकामा उम्मेदवारीको अन्तिम समयमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरी मेयरका उम्मेदवार बनेका देवकुमारी नेपाली मेयर र करमती घर्ती उपमेयरमा विजयी भएका हुन् ।

ढोरपाटनमा १० नाउर र ३ झारल शिकार गर्न पाइने

ढोरपाटन शिकार आरक्षमा शिकार खेल्ने सिजन शुरु भएको छ। नेपालकै एक मात्र शिकार आरक्षको रुपमा रहेको ढोरपाटनमा यो वर्षको दोस्रो सिजन सुरु भएको हो।

ढोरपाटन भलिबलले पायो नयाँ च्याम्पियन

रिड मोडल कलेजले पहिलो सहभागितामै नेपाली भलिबलको चर्चित प्रतियोगिता ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि जितेको छ। भारतीय खेलाडीको साथ पाएको रिड मोडलले नेपाली भलिबलका शक्तिशाली टोली एपिएफ, न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चललाई पन्छाउँदै ढोरपाटनको उपाधि जित्यो।

नयाँ च्याम्पियन खोज्दै ढोरपाटन

उपाधिमा दावेदारी प्रस्तुत गर्दै रिड मोडलले १२औं ब्लु स्काई ढोरपाटन डबल लिग महिला भलिबलको अन्तिम दिन शनिबार साबिक विजेता एपिएफ र न्यु डायमन्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

ढोरपाटनमा एपिएफ अगाडि

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई बिहीबार ३- को सोझो सेटमा पराजित गर्दै ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।

ढोरपाटनले उदांगियो महिला भलिबल

नेपाली भलिबलको दुरावस्था छरपस्ट पार्दै राजधानीको स्वयम्भूस्थित रिड मोडल कलेजले ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो हाफमा स्पष्ट अग्रता लिएको छ। बालाजु नयाँ बसपार्कस्थित भलिबल कोर्टमा सोमबार पहिलो चरणको राउन्ड रोबिन लिग सम्पन्न हुँदा नेपाली महिला भलिबलका सबै महारथी भारतीय खेलाडीप्रेरित रिड मोडलको सिकार भए।

ढोरपाटनमा न्यू डाइमन्डको अग्रता कायमै

न्यू डाइमन्ड एकेडेमीले बिहीबार बालाजु नयाँ बसपार्कस्थित भलिबल कोर्टमा विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै १२ औं ढोरपाटन महिला भलिबल लिगमा अग्रता कायम राखेको छ।

ढोरपाटन भलिबलमा विदेशी खेलाडी

ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा पहिलोपल्ट विदेशी खेलाडीले सहभागिता जनाएका छन्। स्वयम्भूस्थित रिड मोडेल कलेजले प्रतियोगिताको १२ औं संस्करणमा ७ भारतीय खेलाडी अनुबन्धित गरेको छ।

ढोरपाटनमा एपिएफ र न्यू डाइमन्ड अगाडि

साबिक विजेता एपिएफ र उपविजेता न्यू डाइमन्ड स्पोटर्स एकेडेमीले १२ औं ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा सोमबार जित हासिल गरेका छन्।  डाइमन्डले राजधानीको  गोंगबुस्थित नयाँ बसपार्कमा विजेश्वरी ज्ञानमन्दिर सैनिक स्कुललाई सहजै सोझो सेटमा अन्डर–१० मा हरायो। डाइमन्डले विजेश्वरीलाई २५–२, २५–३, २५–० ले पराजित गर्‍यो।

ढोरपाटन भलिबलमा पुरानै प्रतिद्वन्द्वीता

सशस्त्र प्रहरी बलको एपिएफ र न्यु डायमन्ड एकेडेमीले उपाधिको मुख्य दाबेदारका रुपमा ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपको सुरुआत गर्नेछन्।

भोलिदेखि ढोरपाटन भलिबल

ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले बिहीबार जानकारी दिएका छन्। पुस २३ देखि माघ ८ गतेसम्म गोंगबुस्थित नयाँ बसपार्कमा हुने प्रतियोगिता डबल लिगका आधारमा खेलाइनेछ।

ढोरपाटनमा सिकार याम सुरु, एघार नाउर र पाँच झारलको सिकार अनुमति

बागलुङ- ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ। विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन्। असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्