२० आश्विन २०८१ आइतबार
image/svg+xml

आन फुटसलमा शिलापत्र र जनता टिभी प्रि क्वार्टरफाइनलमा

नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी दोस्रो ‘नेपालआईस आन फुटसल टुर्नामेन्टमा समूह ‘सी’बाट शिलापत्र र जनता टिभी प्रि क्र्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।

ओरालो लाग्यो शेयर बजार

सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पुगेको छ।

प्रधानमन्त्रीले काठमाडौंलाई माक्समाडौं बनाए–खाँड

अहिलेकाे सरकार कलाकार रहेको भन्दै उनले हाँस्य कलाकारले देश चलाएको बताए। एनसेलको कर के भयो? एनसेलको फोरजी काण्ड के हो? निर्मलाको हत्यारा को हो? ती तपाइँका पार्टीका मान्छे हुन? हामीले प्रश्न गर्दा तपाइँ किन गैह्रसंसदीय अध्यास गर्नुहुन्छ? उनले प्रश्न गरे।

ट्यांकर व्यवसायी फेरि आन्दोलित

नेपाल आयल निगमले किन्न स्वीकृति दिएका ट्यांकरलाई इन्धन लोडिङ अनुमति नदिएको भन्दै दुई साताअघि निगम प्रधान कार्यालयमा धर्ना सुरु गरेका व्यवसायीले स्थगित धर्ना मंगलबारबाट फेरि सुरु गरेका छन्।

तिर्न परे उद्योग बन्दको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुलाई कानुन विपरीत विद्युत् महसुल निर्धारण गरेको आरोप लगाउँदै उक्त रकम तिर्न नसक्ने उद्योगीले बताएका छन्। विद्युत् महसुल विनियमावली २०७३ विपरीत ट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएको आधारमा थप महसुल तोकेको भन्दै उक्त महसुल तिर्नु परे उद्योग बन्द हुने चेतावनी दिएका छन्।

विद्युत प्राधिकरणकाे पत्रपत्ति निजी क्षेत्रको आपत्ति

निजी क्षेत्रले डेडिकेटेड लाइन लिएवापतको विद्युत महसुल असुल गर्न नेपाल विद्युत प्राधिकरणले गरेको पत्राचारप्रति आपत्ति जनाएको छ।

प्रमुख प्रतिपक्षीकाे अवरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो ।

रेस्लिङ आयोजना हुँदै, ६ देशका टप रेस्लरहरुको सहभागीता हुने

नेपालमा रिगं रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आएको छ। नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण यसको विकास र विस्तार गर्ने उदेश्यले स्थापना भएको यो संघले खेलाडी उत्पादन गर्नेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरु गर्दै आइरहेको छ।

रामनारायण बिडारी भन्छन्- विदेशीले नेपाली नागरिकता लिए, तत्काल खारेज गरौं

सत्तारुढ दलकै सांसदहरुले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन्।

सरकारलाई दिउँसै सपना नदेख्न बालकृष्ण खाँडको सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउँसै सपना देख्ने काम नगर्न सुझाव दिएका छन्। संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनले गर्नै नसक्ने कार्यक्रमहरु ल्याएर सरकारले दिउँसै सपना देख्ने काम गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन्।

दुई एआईजीको सरुवा

नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा भएको छ। एआईजीपी पुष्कार कार्की र धिरु बस्न्यताको सरुवा भएको हो। गत १७ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो।

देउवालाई सुवर्ण अवसर

नेपालको लोकतान्त्रिक आन्दोलनका हरेक कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस दुईतिहाइ बहुमत सरकारको नेतृत्व, गठबन्धन सरकारको नेतृत्व गर्दै संविधानसभामार्फत संविधान जारी भएपछि प्रतिपक्षको भूमिकामा आएको छ। पछिल्लो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय भोगेपछि वाम गठबन्धनले स्पष्ट बहुमतसहित दुईतिहाइ समर्थनमा शक्तिशाली सरकार गठन गरेको अवस्था छ। संघीय संसद्मा मात्र नभई सातै प्रदेशमध्ये कुनै प्रदेशमा नेपाली कांग्रेसले बहुमत हासिल गर्न सकेन। उसको इतिहासमा यो भन्दा नराम्रो अवस्था कहिल्यै देखिएको थिएन।

सावित्राको सानदार प्रदर्शन

नेपाली फुटबलकी सदस्य सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनप्रेरित सेथु क्लबले घरेलु प्रतियोगिता इन्डियन वुमन्स लिगमा सानदार सुरुआत गरेको छ।

संरचनाबिनै कांग्रेसको जागरण अभियान

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक विवादकाबीच राष्ट्रिय जागरण अभियानमा जुटेको छ। महाधिवेशन भएको तीन वर्ष बढि हुँदासमेत पार्टीका निकाय र संरचना गठन हुन नसकेका बेला कांग्रेसले देशव्यापाी अभियान थाल्न लागेको हो। पार्टी संगठनलाई चलायमान बनाउँदै सरकारविरुद्ध जनमत निर्माण गर्ने उद्देश्यसहित अभियान सञ्चालन गर्ने तयारी गरेपनि पार्टीका नेताहरू नै विभाजित छन्। केन्द्रदेखि वडा तहसम्म पार्टीका संरचनाबिनाको अभियानले उद्देश्य प्राप्ति गर्न कठिन हुने नेताहरूको बुझाइ छ। पार्टीका सबै निकाय र संरचना निर्माणपछि मात्र राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नुपर्ने केन्द्रीय सदस्य प्रदीप पौडेलको बुझाइ छ। ‘पहिलो प्राथमिकता वडादेखि केन्द्रसम्मका संरचना बनाउनमा हुनुपथ्र्यो,’ पौडेलले भने, ‘अभियान चलाएर संरचना होइन संरचना बनाएर अभियान चलाउनु गर्नुपथ्र्यो तर बाटो उल्टो भयो।’

कार्यान्वयन गर्ने आधार नदेखिएको प्रतिपक्षीको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको आलोचना गरेको छ। उसले नीति तथा कार्यक्रममा ल्याइका योजना कार्यान्यनका लागि आधार नभएको भन्दै खोक्रो आश्वासन दिएर सरकारले जनता झुक्याएको आरोप लगाएकोे छ। प्रतिनिधिसभामा सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसका महामन्त्री शशांक कोइरालाले गत वर्ष कुनै रोजगारी सिर्जना गर्न नसकेको सरकारले यो वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने कुरा खोक्रो आवश्वान मात्र भएको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्