२० आश्विन २०८१ आइतबार
image/svg+xml

कोहलपुर सरकारी जग्गा प्रकरण

बाँकेको कोहलपुरमा नक्कली सुकुम्बासी बनेर सार्वजनिक जग्गा वितरणका बारेमा विज्ञ टोलीले अनुसन्धान गर्ने भएको छ। अवैध ढंगले कोहलपुरको अर्बौं मूल्य पर्ने सार्वजनिक जग्गा गैरसुकुम्बासीले नामसारी गर्ने प्रयास गरेको विषय एक महिनाअघि सार्वजनिक भएको थियो।

पुरानै अवस्थामा फर्कियो कोहलपुर

स्कुले बालिकालाई ट्रकले किचेपछि तनावपूर्ण बनेको बाँकेको कोहलपुर बजार मंगलबारदेखि सामान्य अवस्थामा फर्किएको छ।

कोहलपुरमा प्रर्दशन जारी, यातायात र शिक्षण संस्था ठप्प

स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुरमा उत्पन्न भएको तनाव अझै साम्य भएको छैन। कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आईतबार त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ठक्कर दिएको थियो। आक्रोशित भएका विद्यार्थी, आफन्त तथा स्थानीयले ट्रकमा आगजनी गरिदिएका थिए।

कोहलपुर-६ मा नेकपाका रामशरण निर्वाचित

कोहलपुर नगरपालिका–६ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामशरण थारु निर्वाचित भएका छन्। निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका श्रीकृष्ण थारुलाई ६४ मतको अन्तरले पछाडी पार्दै उनी निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए। कुल २ हजार २६ मतदाता रहेको उक्त वडामा शनिबार भएको मतदानमा १ हजार ६ सय ३४ मत खसेको थियो।

मतदाताको उत्साहजनक सहभागिता, ८० प्रतिशत मत खस्यो

कोहलपुर नगरपालिका वडा नम्बर ६ मा शनिबार सम्पन्न उप–निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ । मतदानमा ८०.६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार कुल २ हजार २६ जना मतदाता रहेकोमा १ हजार ६ सय ३४ मत खसेको थियो ।

बाँकेमा प्रमुख पार्टीद्वारा उम्मेदवारको नाम सिफारिश

कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन्।

‘क्षतिपूर्ति’ दिलाएर बलात्कार घटना मिलाउने प्रयास

बाँकेको कोहलपुरमा पीडित पक्षलाई ‘क्षतिपूर्ति’ दिलाएर बलात्कार घटना मिलाउने प्रयास गरिएको छ। गत असार २१ गते अपरान्ह साढे ५ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर ११ का ३८ बर्षिय ‘विजय’ भनिने गोबिन्द दमाईले ६ बर्षिया नाबालिकालाई बलात्कार गरेका थिए। घटनालगत्तै फरार भएका उनले पीडित पक्षलाई ‘क्षतिपूर्ति’ वापत लाखौं रकम दिएर मिलाउने प्रयास गरेका हुन्।

चार करोडमा नर्सरी

यहाँका एक युवकले चार करोड लगानीमा नर्सरी व्यवसाय सञ्चालन गरेका छन्। खजुरा–४, एफ गाउँका देवेन्द्र अधिकारी (२८) ले कोहलपुर–८, बाबानगरमा उक्त नर्सरी सञ्चालन गरेका हुन्।

विदेशीहरू सल्बलाए, राष्ट्रियता खतरामा पर्‍यो : कोइराला

विदेशी शक्तिहरू सल्बलाइरहेकाले राष्ट्रियता कमजोर भएको उनको भनाइ छ। राष्ट्रियता संरक्षणका लागि कांग्रेस सबैसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

जीर्ण बन्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग

समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ। राजमार्गको कोहलपुर–लमही खण्ड जीर्ण बनेको हो। लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी देखापरेका छन्। यिनै खाल्डोमा परी दिनहुँजसो सडक दुर्घटना हुने गरेको छ। सोही राजमार्ग भएर केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न जिल्लाका लागि दैनिक रुपमा हजारौंको संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन्।

क्रिकेट कोहलपुरमै हुन्छः खेलकुदमन्त्री

आठौं राष्ट्रिय खेलकुदको पुर्वाधार तयारीबारे अनुगमन र निरीक्षणमा आएका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले कोहलपुर क्रिकेट मैदानको पिच सिलान्यास गरेका छन्।

कोहलपुरका व्यवसायी खड्कामाथि आक्रमण

कोहलपुरका युवा व्यावसायी दिपक खड्कामाथि गएराती आक्रमणको प्रयास भएको छ। उद्योगबाट काम सकेर घर फर्कने क्रममा कोहलपुर ११ स्थित चारलेन सडकमा खड्कामाथि अपरिचित समूहले आक्रमण गरेको हो।

कोहलपुरमा जनता बैंकको शाखा

जनता बैंक नेपाल लिमिटेडले बाँकेको कोहलपुरमा शाखा विस्तार गरेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा बैंकले १०८औं शाखा खोलेको छ।

कमेडी भरिएको ‘कोहलपुर एक्सप्रेस’

वर्षको सुरुवातदेखि अन्त्यसम्म कमेडी फ्लेबरका फिल्ममा दर्शकको रुचि बढिरहँदा यस्तै फ्लेबरको नयाँ फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा केकी अधिकारी प्रस्तुतकर्ता रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

कोहलपुर चौराहका सुकुमबासी हटाइयो

पूर्व–पश्चिम राजमार्ग र रत्न राजमार्ग अन्तर्गत पर्ने कोहलपुर–११, चौराहमा १२ वर्षदेखि सडक अतिक्रमण गरी बसेका सुकुमबासीलाई प्रशासनले हटाएको छ । १२ वर्षदेखि व्यापारिक र घरायसी टहरा बनाएर बसेका ७२ घरधुरी सुकुमबासीलाई हटाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्