४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मलेसिया र इन्डोनेसियाली पाहुना बोलाउँदै ट्रेकिङ व्यवसायी

अन्नपूर्ण क्षेत्रको पदयात्रा रुचाएका मुलुकका पर्यटकलाई लक्ष्य गर्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरले प्रवद्र्धनात्मक गतिविधि गर्ने भएको छ। पछिल्लो समय अन्नपूर्ण क्षेत्रको पदयात्रामा मलेसिया, इन्डोनेसिया, सिंगापुरका पदयात्री बढी थपिन थालेका छन्।

लायन एयरको दोस्रो ब्ल्याक बक्स भेटियो

इन्डोनेसियामा गत वर्षको अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयर विमानको दोस्रो ब्ल्याक बक्स भेटिएको अधिकारीहरुले बताएका छन्। उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्ल्याक बक्सले सहयोग पुग्ने बताइएको छ।

परराष्ट्रका अधिकारीमाथि कारबाही गरिने

इन्डोनेसियामा गएको सुनामीमा परी ज्यान गुमाएकाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समवेदना सन्देशका ठाउँमा बधाई दिएको लेख्ने परराष्ट्रका अधिकारीमाथि कारबाही हुने भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्र्दै त्रुटि कसरी भयो भन्नेबारे सम्बन्धित अधिकारीसँग स्पष्टीकरण माग गरिएको जनाएको छ।

इन्डोनेसियामा पुनः सुनामी आउने चेतावनी

नयाँ सुनामी आउनसक्ने भन्दै इन्डोनेसियाको अनाक क्राकाटाओ ज्वालामुखी नजिकका तटीय क्षेत्रमा बस्ने वासिन्दालाई तटबाट परै रहन आग्रह गरिएको छ।

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको संख्या २८१ पुग्याे

इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ। ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ।

इन्डोनेसियामा सुनामीमा मृतकको संख्या २२२ नाघ्यो

इन्डोनेसियामा आएको सुनामीको कारण ज्यान गुमाउनेको संख्या दुई सय २२ नाघेको अधिकारीहरुले पुष्टि गरेका छन्। सुनामीका कारण इन्डानेसियाको जाभा र सुमात्रामा ती व्यक्तिहरुको मृत्यु भएको र सयौं घाइते भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

इन्डोनेसिया सुनामी : मुत्यु हुनेको संख्या १ सय ६८ पुग्यो

इन्डोनेसियामा शनिबार राति आएको सुनामी र ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेकाे संख्या १ सय ६८ पुगेकाे छ। यस्तै ७ सय ४५ बढी घाइते भएका छन्।

इनडोनेसियामा पृथकताबादीकाे आक्रमणमा ३१ कामदारको मृत्यु

इन्डोनेसियाको पपुवामा पृथकतावादी समूहले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको त्यहाँको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ।

कराते खेलाडी छनोट

इन्डोनेसियामा हुने १५औं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट ५ पुरुष र ४ महिला गरी ९ खेलाडी छनोट भएका छन्।

इन्डोनेसियामा फेरि भूकम्प, तीन जनाको मृत्यु

इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्निच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ। इन्डोनेसियाका सरकारी अधिकारीले सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ।

अझै पाँच हजार सम्पर्कविहीन

इन्डोनेसियाको पालुमा १० दिनअघि गएको भूकम्प र त्यसपछिको सुनामीबाट हराइरहेका मानिसको संख्या पाँच हजारसम्म पुग्न सक्ने सरकारी अधिकारीले बताएका छन्।

इन्डोनेसियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५७१ पुग्यो

इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेकाे सङ्ख्या १ हजार ५७१ पुगेको छ।

भूकम्पबाट अझै १ हजार वेपत्ता

इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि १ हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरूले बताएका छन्।

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ। यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ।

इन्डोनेसिया भूकम्प : मृतकको संख्या ८३२ पुग्यो

इन्डोनेसियाको राष्ट्रिय विपद् निकायले शुक्रबार गएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण सुलावेशी टापुमा अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गइसकेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्