इन्डोनेसिया - इन्डोनेसियामा शनिबार राति आएको सुनामी र ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेकाे संख्या १ सय ६८ पुगेकाे छ। यस्तै ७ सय ४५ बढी घाइते भएका छन्।
इन्डाेनेसियाकाे जावा र सुमात्राका गाउँहरुमा सुनामीले बढी क्षति पुर्याएकाे छ। सबैभन्दा बढी पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ मा मानवीय र भाैतिक क्षति पुगेकाे छ। ज्वालामुखी विष्फाेटका कारण सुनामी अाएकाे हुनसक्ने त्यहाँका अधिकारीले अनुमान गरेका छन्।
इन्डाेनेसियाका राष्ट्रपति जाेकाे विडाेडाेले घटनाबारे दु:ख व्यक्त गर्दै उद्धारमा कुनै कमि हुन नदिन सम्पूर्ण सरकारी अधिकारीहरुलाइ निर्देशन समेत दिएका छन्। इन्डोनेसिया विगत लामो समयदेखि ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ।
प्रकाशित: ८ पुस २०७५ ०८:४५ आइतबार