४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन्।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ।

१२ यात्रु बोकेको सेनाकाे हेलिकोप्टर इन्डोनेसियामा बेपत्ता

इन्डोनेसियाको एउटा सैनिक हेलिकोप्टर शुक्रबार सम्पर्कविहीन भएको छ। उडेको केहीबेरमै १२ यात्रु बोकेको हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन्।

इन्डोनेसियामा ग्यास लाइटर उद्योगमा आगलागी हुँदा २२ जनाको मृत्यु

इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका इन्डोनेसियाली अधिकारीले जनाएका छन्।

इन्डोनेसियामा डुङ्गा दुर्घटना, १७ जना वेपत्ता

मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ।

इन्डोनेसियामा ६ म्याग्निच्युडकाे भूकम्प

इन्डोनेसियिाको पश्चिमी सुमात्रा प्रान्तमा सोमबार ६ म्यानिच्युडको भूकम्प गएको मौसम तथा भूगर्भ विभागका अधिकारील जानकारी दिएका छन् ।भूकम्पपछि सुनामीको भने कुनै सूचना नदिएको सो विभागले जनाएको छ। स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो।

इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा

अप्रिल १७ मा भएको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद सकिने दिन बिहीबार निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा

गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने भएकोले निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाई गरिएको समाचार छ।

मत परिणाम सार्वजनिक भएसँगै इन्डोनेसियामा हिंसा

इन्डोनेसियाली राष्ट्रपति जोको विडोडो दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएसँगै उनीविरुद्ध राजधानी जर्कातामा भएको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन हिंसात्मक भएपछि कम्तीमा ६ जनाको मृत्यु हुनाका सार्थ दुई सयजना घाइते भएको बिबिसीले उल्लेख गरेको छ । घाइतेलाई उपचारका लागि लगिएका अस्पतालहरुबाट आएका विवरण उद्धृत गर्दै इन्डोनेसियाली प्रहरीले मृतकको संख्या पुष्टि गरेको छ । उनीहरुले प्रदर्शनकारीको मृत्युबारे अनुसन्धान भइरहेको पनि बताएका छन् ।

विडोडो पुनः राष्ट्रपति निर्वाचित

विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा गत महिना सम्पन्न भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि विडोडो पुनः निर्वाचित भएको मंगलबार घोषणा गरिएको छ।

वन्डरफूल इन्डोनेसिया (फोटो फिचर)

क्रुज यात्राले फरक अनुभूति दिलायो। धेरैलाई लाग्न सक्छ पानी जहाजमा यात्रा मात्र गर्ने हो। तर, इन्डोनेसियामा पर्यटकलाई लक्षित गरेर क्रुज डिनरको व्यवस्था गरिएको छ। हजारौं पे्रमिल जोडी डिनरका लागि त्यहाँ पुग्छन्।

नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धन अभियान

नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका लागि नयाँ अभियान सुरु भएको छ। पर्यटकीय सम्भावना बोकेका दुुई मुलुकबीच पर्यटक आदानप्रदान गरेर अर्थतन्त्रमा टेवा पु-याउने ध्येयले सरकारी तथा निजी क्षेत्रको सक्रियतामा यो अभियान सुरु गरिएको हो।

नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धन अभियान

नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका लागि नयाँ अभियान सुरु भएको छ। पर्यटकीय सम्भावना बोकेका दुुई मुलुकबीच पर्यटक आदानप्रदान गरेर अर्थतन्त्रमा टेवा पु-याउने ध्येयले सरकारी तथा निजी क्षेत्रको सक्रियतामा यो अभियान सुरु गरिएको हो। फेमिलीराइजेसन ट्रिप (परिचित यात्रा) नामको अभियान अन्तरगत पर्यटकीय गन्तव्यको चिनारी गराउने र सहयोग आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ। यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन्। खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ताले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्