९ मंसिर २०८१ आइतबार
image/svg+xml

पुल निर्माणमा वृज सिमेन्टको सहयोग

पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्टले मिस वर्ल्ड २०२१ ब्युटी विथ ए पर्पाेज परियोजना अन्तर्गतको पुल निर्माणमा सहयोग गर्ने भएको छ। वृज सिमेन्ट मिस नेपाल प्रतियोगिताको प्रायोजकको रूपमा विगत पाँच वर्षदेखि संलग्न छ।

धादिङमा बस र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह भदुवारमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणको त्रास बढ्दो, अस्पताल जानै हिचकिचाउँछन् बिरामी

धादिङबेसीको आइसोलेनमा उपचारपछि चार दिन अघि डिस्चार्ज भएर अहिले घरमै आराम गरिरहेका छन्। सामान्य स्वास्थ्य समस्या आउदाँ स्वास्थ्य संस्था जान हिचकिचाउँदा स्वास्थ्य अवस्था जटिल बन्ने भएकाले समयमै उपचार गराउनुपर्ने अनुभव उनले गरेका छन्।

धादिङमा निषेधाज्ञा खुकुलो बनाइँदै असार ३१ सम्म थप

धादिङ जिल्लामा निषेधाज्ञा थप खुकुलो बनाइदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ ।

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट संचालन

धादिङ अस्पतालले आफ्नै अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो। प्लान्ट संचालन गरेसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पुर्‍याइएको छ। प्लान्टले प्रतिमिनेट ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।

उत्तरी धादिङमा पहिरो खस्दा दुई जना बेपत्ता

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं २ मा तिप्लिङको अता खोला नजिकै पहिरो खस्दा दुई जना बेपत्ता भएका छन् ।

धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप

धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि बसेको कोभिड व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।

पत्रकार महासंघ धादिङद्वारा ५ बेडको आईसोलेशन तयार

अग्रपंक्तिमा खटिने पत्रकारहरु नै संक्रमित हुन थालेपछि धादिङमा पत्रकारका लागि आईसोलेशन कक्षको स्थापना गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आफ्नै भवनमा पाँच बेडको आईसोलेशन स्थापना गरेको हो।

धादिङमा जेठ १५ गतेसम्म निषेधाज्ञा

जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले पहिलो पटक तोकिएको निषेधाज्ञाको समय सकिनै लाग्दा अवधि लम्बाइएको हो।

धादिङबेसीमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन

धादिङ अस्पतालले अक्सिजनसहितको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याइएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम नवनिर्मित जिल्ला वन कार्यालय, धादिङको भवनमा धादिङ अस्पताल धादिङले ५० शय्याको अस्थायी कोभिड–१९ अस्पताल संचालनमा ल्याएको हो।

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको खनियावास गा.पा. वडा नं. ३ बस्ने ४१ वर्षको घर्ती तामाङलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

पुरातात्विक सम्पदा पुनर्निर्माण सुस्त

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङका करिव दुई सय भन्दा बढी बौद्ध गुम्वा, बौद्ध विहार र छ्योर्तेनहरुमा क्षति पुर्‍यायो। भूकम्प गएको एक वर्षपछि बौद्ध गुम्वा र धार्मिक सम्पदाहरुको पुनर्निर्माण सुरु गरेको भएपनि पुनर्निर्माण हुन सकेको छैन।

चैत्र १२ बाट ‘गजुरी महोत्सव’

महोत्सव राष्ट्रिय घरेलु तथा साना उद्योग महासंघले गर्न लागेको हो। स्थानीय वस्तुको निकासी एवं जिल्लामा लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक समितिका संयोजक सुमित श्रेष्ठले बताए।मेला १३ दिन चल्नेछ।

धादिङमा डोजरको ठक्करबाट एक महिलाको मृत्यु, आक्रोशित स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको त्रिपूरासुन्दरी गाउँपालिका वडा न १ कि सरस्वती कुमाल रहेकी छन्।

माटोको थुप्रोले पुरिएर एक महिलाको मत्यु

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी–१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो। शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्