२२ असार २०८१ शनिबार
image/svg+xml

लागूऔषध कारोबारमा सुरक्षाकर्मी नै संलग्न ! प्रहरी निरीक्षक शाही पक्राउ

लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरी निरीक्षक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रवहादुर शाही लागूऔषध कारोबारमा संलग्न रहेको भेटिएका हो।

टिचिङका डा. भण्डारीले गाए प्रधानमन्त्रीको गीत

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित गीत एक कलेजो प्रत्यारोपण चिकित्सकले गाएका छन्। टिचिङ अस्पताल महाराजगंजका कलेजो प्रत्यारोपण चिकित्सक डा. रमेश सिंह भण्डारीले सो गीत गाएका हुन्।

नक्सामा देखिएको अभूतपूर्व राष्ट्रिय एकता नागरिकताले खलबलिन थाल्योः गगन थापा (पूर्णपाठ)

बुधबार आफ्नो फेसबुकमार्फत लामो वक्तव्य जारी गर्दै नेता थापाले पछिल्ला केही दिनमा नागरिकताजस्तो पेचिलो र संवेदनशील विषयमा जसरी बहस अगाडि बढाइएको छ, त्यसको संकेत सुखद नरहेको बताएका हुन्।

‘व्यवसाय पुनर्स्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याइने’

नेपाल राष्ट्र बैंकले कोभिडका कारण थला परेका व्यवसायको पुनर्स्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने भएको छ । कोभिड संक्रमणका कारण मारमा परेका व्यवसायलाई निरन्तरता दिन सक्ने गरी नीतिहरु ल्याउन राष्ट्र बैंकले तयारी गरेको हो ।

एमसिसीसँग जोडिएको नेपाली मगन्ते प्रवृत्ति

आफ्नो निर्वाचन क्षेत्रका लागि स्कुल भवन, क्याम्पसको पुस्तकालय भवन बनाउनेलगायतका कामका लागि बजेट मिलाइदिन भन्दै नाम चलेका सांसदहरू भारतीय दूतावासको बि ब्लकमा चाकडी गर्न पुग्नुले हाम्रो मगन्ते संस्कार झल्काउँछ ।

उत्तरको छिमेकी: सीमा र सम्बन्ध

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार, दोलखाको लामाबगर इलाकामा परेको करिव दुई हेक्टरमा बाहेक चीनसँग नेपालको सीमा–विवाद छैन।

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनालाई सशस्त्र ले पुर्यायो क्वारेन्टिनमा

कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ।

टाँगाको घोडा र भारतको पट्टी

कतै हाम्रो सम्बन्ध भारतले दिँदै आएको अनुदानमा लुट्पुटिएको त हैन? भुटेको मकै दिएर मकैबारी हडप्ने जमिन्दारको कथा सार्थक हुन खोजिरहेको त छैन?

अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन्। ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

‘हामी मौलिक चलचित्रको प्रवद्र्धनमा छौं’

कोभिड–१९ का बीचमा विश्वमै थुप्रै क्षेत्र धराशी छन्, यस्तो बेला नेपाली चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन र नयाँ बाटो दिन दाहालसँग के कस्ता योजना होलान् ? यिनै विषयमा दाहालसँग नागरिककर्मी पवन बराइलीले गरेको वार्ताको सम्पादित अंश

लकडाउन उल्लंघन गर्दा २७ दिन जेल बसेर नेपाली फर्किए

कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम र नियन्त्रणका लागि भारतले लकडाउन गर्दा त्यसको उल्लंघन गरेकोमा १८ जना नेपाली २७ दिन जेल बसेर नेपाल फर्किएका छन् ।

मुलुकलाई चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखनकार्य प्रारम्भ

नेपाली वाङ्मयका क्षेत्रमा युगीन महत्वका अनेकौँ कामहरू सम्पन्न गरिसकेको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्षमा प्रवेश गरेको अवसरमा संघीय गणतन्त्रअनूकुल मुलुकलाई चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखन कार्य प्रारम्भ गरेको छ । प्रतिष्ठान ६३ औँ वर्षमा प्रवेश गरेको अवसरमा मुलुक चिनाउने बृहत् ग्रन्थ‘ नेपाल दर्पण’ लेखन कार्यको प्रारम्भ गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

राज्य व्यवस्था समितिबाट पारित नागरिकता विधेयकको एनआरएनएद्वारा स्वागत

राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले स्वागत गरेको छ।

कसरी आयो गोर्खा रेजिमेन्ट ?

नेपालका भारतीय मित्रहरू नेपाल–भारत सम्बन्ध बिग्रिएको भन्दा पनि विद्यमान भारत सरकारले बिगारेको वस्तुगत अवस्था सार्वजनिक गरेर अविलम्ब वार्ता गर्नु बुद्धिमानी हुने सुझाव दिइरहेका छन्।

विदेशमा अलपत्र तीन हजार १०८ जनाको उद्धार, ४० शव ल्याइयो

शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्