२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गाउँको स्कुललाई सवा ६ करोड सहयोग

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले आफ्नो जन्म गाउँको विद्यालय बनाउन सवा ६ करोड रुपैयाँ सहयोग गरेका छन्। बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको पृथ्वी उच्च माविको भवन निर्माणका लागि पाँच करोड २८ लाख र अन्य पूर्वाधार निर्माणका लागि एक करोड गरी ६ करोड २८ लाख रुपैयाँ सहयोग गरेका हुन्।

बञ्जीजम्प अन्तिम चरणमा

बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको बञ्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

उत्तरगंगा प्रदेश र स्थानीय तहको लगानीमा बनाउनु पर्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उत्तरगंगा जलविद्युत आयोजना प्रदेश सरकार र स्थानीय तहको सहलगानीमा निर्माण गर्नका लागि माग गरिएको बताएका छन्। पार्टी कार्यक्रमको शिलशिलामा बागलुङमा आएका मुख्यमन्त्री गुरुङले स्थानीय तह र प्रदेशको समृद्धिका लागि विद्युत आयोजनाहरु सञ्चालनको अनुमति दिनुपर्ने बताए।

नेपालकै लामो झोलुङ्गे पुल शिलान्यास

बागलुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ। पाँच सय ६७ मिटर लामो उक्त पुल निर्माणका लागि शनिबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका छन्। करिब डेढ दशक अघिदेखि निर्माणका लागि चर्चामा रहँदै आएको पुलले अबको दुई वर्षमा मूर्त रुप पाउनेछ। बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरि निर्माण थालिएको झोलुङ्गे पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको हुनेछ। पुल करिब साढे २५ मिटर झोलुङ्गो हुने स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए।

सकेट बम फेला, सेनाद्वारा डिस्पोज

बागलुङ बजार नजिकै सडकमा बिहीबार दिउँसो सकेट बम फेला परेको छ। बागलुङ नगरपालिका–४ को हाडेपाखामा भेटिएको करिब एक फिट लामो सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको मेजर गोविन्द थापाले बताए।

नारी दिवस थाहा नपाएका नारी

शुक्रबार ८ मार्च। अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस। बागलुङ नगरपालिका—२ स्थित ऐश्वर्य पार्कमा भव्य कार्यक्रम चलिरहेछ। कार्यक्रमका वक्ताहरुले महिला अधिकार समानताको चर्का भाषण गरिरहेका छन्।

पाकिस्तानी युवतीसँग फेसबुकमार्फत चिनजान, बागलुङ आएर बिहे

सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन्। बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका हुन्।

बागलुङको छिस्तीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बागलुङकाे जैमिनी नगरपालिका ८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। १५ भन्दा बढी घाइते छन्। छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा युवराज राजभण्डारी

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा युवराज राजभण्डारी विजयी भएका छन्। शनिबार सम्पन्न मतदानको मत गणना अनुसार विपक्षी दयाराम पौडेललाई ७५ मतान्तरले पछि पार्दै आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्।

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

नेपाल भलिबल संघ बागलुङद्वारा गलकोटमा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।

विभागीय टिम लाई सफलता

२२औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाकोट नगरपालिका–३ हटियामा सुरु भएको छ । नेपाल भलिबल संघको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको मंगलबार भएको खेलमा तीन विभागीय टोलीले सफलता हात पारेका छन्।

गलकोटमा मंगलबारबाट राष्ट्रिय महिला भलिबल हुँदै

बागलुङको गलकोट नगरपालिका–३ हटियामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबार (आज) देखि सुरु हुँदै छ। नेपाल भलिबल संघको आयोजनामा २२ आैं राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुन लागेको छ।

अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्