२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बागलुङका एक सय बढी ठाउँ प्रकोपको जोखिममा

जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ ।

पहिरोका कारण पोखरा-बागलुङ सडक अवरुद्ध

गएरातीदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ।

बागलुङको ताराखोलामा जीप दुर्घटना, दुईको मृत्यु

जिल्लाको ताराखोला गाउँपालिका अन्तर्गत अर्गलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रधानसेनापति क्षत्रीद्वारा बागलुङमा बेलिबृज उद्घाटन

प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय गौरवको आयोजनाहरु मध्ये नेपाली सेनाद्वारा निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङको कुस्मीसेरा नगरपालिकास्थित लौवा खोलामा नवनिर्मित बेलिबृजको उद्घाटन गरेका छन्।

बागलुङमा एनसिसी बैंक

नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले बागलुङमा शाखा स्थापना गरेको छ। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

बागलुङमा आगलागी, दुई घर जले

जिल्लाको बडिगाड गाउँपालिका— ७ मा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। बडिगाड गाउँपालिकाको भीमगिठेमा स्थानीय देवबहादुर गुरुङको घरमा बिहान लागेको आगोका कारण उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।

बागलुङ बजारमा सिद्धार्थ बैंक

सिद्घार्थ बैंकले बागलुङको बागलुङ बजारमा नयाँ शाखा विस्तार गरेको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ तथा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

बागलुङ महोत्सव आजबाट

उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा बागलुङ महोत्सव–२०७४ शुक्रबार सुरु हुँदैछ । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा तथा व्यापारको प्रवद्र्धन’ नारासाथ प्रदेश नम्बर ४ स्तरीय  कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवको सबै तयारी पूरा भएको संघका अध्यक्ष जयराम भारीले जानकारी दिए । ‘महोत्सवको सबै तयारी पूरा भएको छ,’ भारीले भने, ‘विगतमा चैत्राष्टमीको अवसरमा पारेर गर्ने महोत्सव यसपटक पुसमै गर्न लागिएको हो ।’

बागलुङका सबै सिटमा बाम उम्मेदवार विजयी

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा बागलुङका सबै सिट बाम गठबन्धनले जितेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी मतले पछि पार्दै पहिलो पटक जिल्लाको सबै सिटमा बाम गठबन्धनले कब्जा जमाएको हो ।

बागलुङमा मतारन्तर फराकिलो पार्दै बाम गठबन्धन

बागलुङमा बाम गठबन्धनले मतान्तर फराकिलो पार्दै लगको छ । बागलुङको दुई वटै प्रतिनिधि सभामा दुई हजार बढी मतले बाम गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

बागलुङमा बाम नेतालाई दुबोको माला

बाम गठबन्धनका शीर्ष नेताहरुले नेपालको विकास र राजनीतिक स्थिरताका लागि बामपन्थी बहुमतको सरकार आवश्यक भएको बताएका छन्। गठबन्धनले आज बागलुङको गल्कोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले पटक—पटक बहुमतीय सरकारको नेतृत्व गरेको काँग्रेसले जनताका पक्षमा कुनै पनि काम गर्न नसकेको बताए।

मालपोत कार्यालय बागलुङका प्रमुख घुससहित पक्राउ

जिल्ला मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा सेवाग्राहीबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका छन्। सेवाग्राहीबाट नगद दस हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले पक्राउ गरेको हो।

नागरिक विरुद्धको मुद्दा ‘नियोजित’ : पत्रकार महासंघ बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङले नागरिक दैनिकमाथी लगाइको मुद्दा ‘नियोजित’ रहेको भन्दै आपत्ती जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्