९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

विभागीय टिम लाई सफलता

राष्ट्रिय महिला भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरः नागरिक

बागलुङ – २२औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाकोट नगरपालिका–३ हटियामा सुरु भएको छ । नेपाल भलिबल संघको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको मंगलबार भएको खेलमा तीन विभागीय टोलीले सफलता हात पारेका छन्।

मंगलबारको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएपले जितका साथ प्रतियोगिता सुरु गरेको छ । पहिलो खेलमा प्रदेश नम्बर ६ लाई ३–० को सोझो सेटमा पराजित गर्दै एफिएफ विजयी भएको हो । एफिएफले प्रदेश ६ लाई पराजित गर्ने क्रममा २५–१२, २५–१२ र २५–६ को अंकमा पराजित गरेको हो।

मंगलबार नै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर ५ लाई हराएको छ । पुलिसले २५–११, २५–१७ र २५–१३ अंकका साथ लगातर तीन सेट आफ्नो पक्षमा पारेको हो । निकै प्रतिस्पर्धात्मक रहेको तेस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि जित हासिल गरेको छ । पहिलो सेटको नतिजा २६–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २८–२६ ले जित्यो । खेलको तेस्रो सेट पनि २५–२३ ले आफ्नो पक्षमा पारेपछि आर्मीले आयोजक गण्डकी प्रदेशलाई आफ्नो पहिलो खेलमा नै हारको स्वाद चखायो।

मंगलबारै नै भएको समूहचरणको चौथो खेलमा पुनः एपिएफले प्रदेश नम्बर ७ लाई सहजै पाखा लगायो । प्रदेश ७ ले २५–६, २५–९ र २५–५ ले  पहिलो खेलको नतिजा एफिएफलाई सुम्पिएको हो । गलकोट नगरपालिकाको विशेष सहयोग र जिल्ला भलिबल संघको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा ६ प्रदेश र ३ विभागीय टिम गरी ९ टिम सहभागी हुनेछन्।  

नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, प्रदेश २, ३, ५, ६ र कर्णाली प्रदेश प्रतियोगिताका लागि गलकोट आएका छन् । १० समूहले सहभागिता जनाउने बताइए पनि अन्तिम समयमा प्रदेश नम्बर १ ले सहभागिता जनाउन असमर्थता देखाएको नेपाल भलिबल संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा प्रतियोगिता समन्वय समितिका संयोजक याम गुरुङले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्नका लागि कुल २२ लाख खर्च लाग्ने त्यो सबै खर्च विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी जुटाइएको उनले जानकारी गराए । गलकोट नगरपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको छ भने राष्ट्रिय भलिबल सघंले एक लाखसहित खेलकुद सामग्री प्रदान गरेको छ।

प्रकाशित: २३ आश्विन २०७५ २३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App