५ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकारी कार्यालय खुलेः उपत्यकामा चहल पहल बढ्यो

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ। सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो। विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त देखिएका छन्।

निःशुल्क स्वास्थ्य शिविर

नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा विश्वराज दवाडी र डा. खिलास दवाडीले बिरामीको परीक्षण गरेका थिए।

काठमाडौँमा चहलपहल बढ्यो

काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ।

लेकाली समुदायमा न दसैँ आउँछ न त तिहार

वर्ष दिनमा आउने दसैँ तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए।

सखिया नृत्यको रौनक हराउँदै

कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ।

बडादसैँले नेपालीको मुहारमा खुसी ल्याउन सकोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गरे।

दसैँमा मदिरा बिक्री बन्द

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो।

मधेसमा दुर्गा पूजाको उल्लास

आपसी सद्भाव, एकता, उत्साह, उमंगको साझा पर्व दसैं मधेससहित देशभर उल्लासपूर्वक मनाइँदै छ। बेहुली झै सजिएका शक्तिपीठहरुमा पूजाका लागि श्रद्धालुहरुको भीड लागेको छ।

गत वर्षभन्दा दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

च्याङ्ग्रा तयारी मासुको मूल्य भने दुई हजार ६ सय कायम गरिएको छ। सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु दुई हजार ६ मा बिक्री भइरहेको छ। व्यापारी सुमन शाहीले गत वर्ष तयारी मासु एक हजार ७ मा बिक्री गरेको बताए।

साउनमा गएको पहिरोले अवरुद्ध सडक अझै खुलेन

शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिरोले बाटो भत्किएको छ। गाउँपालिकाले दसैँमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी राम वंशी ठकुरीले बताए।

धुमधामका साथ बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती

सो क्रममा विशेष पूजाआजा गरिएको थियो। फूलपाती भित्र्याउने क्रममा बागेश्वरी मन्दिर परिसरमा विशेष रौनकता छाएको थियो। हरेक वर्षको विजय दशमीको सप्तमीका दिन यसरी नै फूलपाती भित्र्याउने परम्परा रहि आएको छ।

नौ लाखले उपत्यका छाडे, अझै बढ्ने

असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन्। यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का महासचिव सरोज सिटौलाले बताए।

दसैंको चहलपहल बढ्योः पोहोर सहरमै रोकिए, अहिले बल्ल घर फिर्दै

अन्नपूर्ण आधारशिविर पदमार्ग (एबिसी) को मुख्य प्रवेशद्वारमा पर्ने कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुकले पोहोर दसैंताका एउटा निर्णय गरेको थियो। गाउँको निर्णय थियो, ‘दसैंमा मावली पनि नजाने, छोरी ज्वाइँलाई पनि टीका थाप्न नबोलाउने।’

दसैंः टीका लगाउनु, तर फुक्काफाल नहुनु

अघिल्लो दसैंमा संक्रमणको त्रासले धान्द्रुक सहितका अन्नपूर्ण क्षेत्रभित्रका गाउँले आफन्तलाई पनि टीका थाप्न नआउनु भन्दै खबर पठाएका थिए। तर, यो पटक भने संक्रमण घटेको र धेरैजनाले कोरोना विरुद्धको खोप लगाईसकेकोले सुरक्षित महसुस गरेको स्थानीयको भनाई छ।

दसैं मनाउन घर फर्कंनेको लर्काे (फाेटाेफिचर)

नेपालीहरुको महान चाड वडा दशैं मनाउन काठमाडौंबाट गाउँघर फर्कनेको भीड बढेको छ। विभिन्न पेशा व्यवसाय, शिक्षाको लागि राजधानीमा रहेकाहरु दशैंमा आफ्नै गाउँ फर्कन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्