श्रीकाली धुन
बिहानी झरीले वातावरण सफा भएपछि शनिबार खोकनाको आकाश छयाङ् खुलेको थियो । अरुबेलाभन्दा माहोल बेग्लै थियो, किनकि मध्यान्हमा त्यहाँ दुई सय साइक्लिष्ट जम्मा भएका थिए।
बिहानी झरीले वातावरण सफा भएपछि शनिबार खोकनाको आकाश छयाङ् खुलेको थियो । अरुबेलाभन्दा माहोल बेग्लै थियो, किनकि मध्यान्हमा त्यहाँ दुई सय साइक्लिष्ट जम्मा भएका थिए।
‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ अभियानले शनिबार दुई जना प्रख्यात साइक्लिष्टलाई सम्मानित गर्ने भएको छ । उसले चौंथो राइड काष्ठमण्डप टु खोकना कार्यक्रममा पुराना साइक्लिष्ट सोनाम गुरुङ र विश्व साइकल यात्री पुस्कर शाहलाई सम्मान गर्न लागेको हो।
खोकना ललितपुरको पुरानो बस्ती हो। खासगरी खोकना तोरीको तेलको लागि प्रख्यात छ। यहाँको मुख्य पेशा कृषि हो। उब्जाउ भूमी रहेको यो खोकना सहरको कोलाहलबाट टाढैछ। आकासे पानीकै भरमा यहाँको कृषिकर्म चलिरहेको छ। खोकना यतिबेला हरियो धान फाँटले अझै सुन्दर देखिन्छ। कृषकहरु खेतमा काम गरिरहेको दृष्य अझै मनमोहक लाग्छ।
साइक्लिङका लागि खोकना राम्रो गन्तव्य हो। स्वदेशी तथा विदेशी साइकलेहरु बरोबर त्यहाँ पुग्छन्। प्राचीन नेवार वस्ती र खेतीबालीका हरियाली हेर्दै साइकल कुदाउँदा बेग्लै आनन्द मिल्छ।
खोकनाका किसानले साउनदेखि टिप्न थालेका हुन्, खुर्सानी । उनीहरू टिपेका खुर्सानीलाई डोरीमा उनेर घरका झ्याल र बार्दलीमा झुन्ड्याउने गर्छन् । ‘यहाँ सबैजसो घरमा खुर्सानी झुन्ड्याइएको छ,’ खोकनाकी ६२ वर्षीय अष्टमाया महर्जन भन्छिन्, ‘हरेक वर्ष यसरी नै खुर्सानी सुकाइन्छ ।’
उपत्यकाका दुई पुराना नेवार बस्ती खोकना र बुङमतीको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन शनिबार साइक्लिङ भएको छ।
ललितपुरको खोकनास्थित देवपोखरीमा बुधवार जात्रा हेर्न उल्लेख्य मानिसहरु जुटेका थिए। देवपोखरी जात्रा खोकनाको अर्को पहिचान हो।
तिहार आउनै लाग्दा ललितपुरको खोकनाका कृषकलाई भने धान भित्र्याउन भ्याइ नभ्याइ छ। बिहानको सूर्योदयदेखि सूयार्स्तसम्म खेतमै धान काट्ने र चुट्नेलगायतको काममै व्यस्त देखिन्छन्। असारमा रोपेको धान कात्तिक लगेसँगै कृषकलाई भित्र्याउन चटारो भएको हो। यो वर्ष समयमा मनसुन अाएकाले धान उत्पादन बढ्ने कृषकहरू बताउँछन्।