२० आश्विन २०८१ आइतबार
image/svg+xml

पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता

राजमार्गको अवरोध हटाएर आवागमन सहज बनाउन आज जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी नेतृत्वको टोली र स्थानीय सरकारका प्रमुखहरूसहित जुटेका छन्।

राजमार्ग बन्द हुन नदिन प्रजिअको निर्देशन

निर्वाचनमा हुनसक्ने अराजक गतिवधिलाई निस्तेज पार्न प्रहरी सङ्ठनको क्रियाशीलता बढाउनुपर्ने, मतदानमा खटिने कर्मचारीले निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्नुपर्नेमा ध्यानाकर्षण गराइएको छ।

तरकारी बोकेको मिनी ट्रक त्रिशूलीमा खस्यो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ।

कर्णाली राजमार्गमा पहिरै–पहिरो

भारी वर्षापछि खसेको पहिरोले कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै ५० ठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। विभिन्न जिल्ला जोड्ने मुख्य राजमार्गको सडक अवरुद्ध हुँदा सवारी साधन चलाउनमा समस्या भएको छ।

पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

राजमार्ग सडकको दुर्दशाले यात्रुलाई सकस

दशैंको टीकाको दिन अर्थात् (गत बुधबार) बिहानैदेखि परेको बर्सातको कारणले आफ्नो आफन्तको घरमा गएर टीका लगाउनका लागि निकै सास्ती पाए।

पाँच अर्बमा मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न ठेक्का

संघीय सरकारले नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन ९६ किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर स्तरोन्नतिको काम बढाउँदै आइरहेको छ।

दुई स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

राजमार्गमा जताततै पहिरो

त्रिभुवनराजपथ अन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ। लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रितरूपमा पहिरो झरिरहेको छ। डोजरर स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग?’

पैदलयात्रा गरिँदाका सङ्गमस्थल अपरिचित ठाउँमा परिणत भएका छन्। हिजो हिँडेका बाटो बिरानो मात्र भएका छैनन्, सडक यातायातले कसरी मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ भन्ने अनुभव गर्न सकिन्छ।

भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडी मुनि पुगेका १७ महिनाको बालकको गाडीले किचेर मृत्यु भएको छ।

ट्राफिक व्यवस्थापन अस्तव्यस्त, राजमार्ग नै पार्किङस्थल

मेची राजमार्गको झापासँगको सीमा जोरकलशदेखि पाँचथरसँगको सीमा राँके बजारसम्म करिब ९० किलोमिटरमा दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ। कतिपय बजारमा राजमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीसाधन चलाउनसमेत मुस्किल परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्