१४ आश्विन २०८१ सोमबार
image/svg+xml

किसानलाई कफी खेती तालिम

व्यावसायिक कफी खेतीका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाका किसानलाई कफी खेती सम्बन्धी तालिम दिइएको छ। कफी खेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै गाउँपालिकाका ७ वटै वडाका दुई सय १० किसानलाई कफी खेती सम्बन्धी तालिम दिइएको हो।

खोटाङ यातायात प्रालिको अध्यक्षमा शाही

खोटाङ यातायात प्रालिको अध्यक्षमा गणेश शाही चुनिएका छन्। प्रालिको दिक्तेलमा शुक्रबार साँझ सम्पन्न प्रथम साधारणसभा तथा अधिबेसनबाट शाही अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्।

बाँदरले हैरान खोटाङका किसान

‘चुनावका बेला घोषणापत्रमै बाँदर नियन्त्रण गर्छौं भनेका थियौं तर यो काम सजिलो रहेनछ। अहिले आफ्नो घोषणापत्रले आफैंलाई अप्ठ्यारो पारिरहेको छ।’

प्रदेश कमिटिमा खोटाङका १० जना

नेकपाको १ नम्बर प्रदेश कमिटिमा खोटाङका १० नेता मनोनित भएका छन्। नेकपा केन्द्रीय कमिटिले सात वटै प्रदेशको कमिटिलाई टुंग्याउनेक्रममा जिल्लाबाट साविकको एमालेबाट ६ जना र साविकको माओवादी केन्द्रवाट ४ नेता मनोनित भएका छन्।

‘निर्मलालाई न्याय देउ’

नेपाल तरुण दल खोटाङले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषीको पहिचान गरेर कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

विदेशको कमाइले सन्तानलाई अंग्रेजी शिक्षा

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खाका लक्ष्मी पौडेल वैदेशिक रोजगारीका सिलसिलामा अहिले कोरियामा छन्। विदेशमा पसिना बगाएर कमाएको पैसाले उनले श्रीमती मुनाका साथमा छोरी कुसुमलाई दिक्तेल(पुरानो सदरमुकाम)मा राखेर बोर्डिङ स्कुलमा पढाइरहेका छन्।

दुई वर्षदेखि एम्बुलेन्स बन्द

रावाबेंसी गाउँपालिका–३ लामिडाँडा खोटाङकी झरना श्रेष्ठ उच्च रक्तचापकी बिरामी थिइन्। एक दिन उनलाई अचानक रोगले च्याप्यो। स्थानीय लामिडाँडा स्वास्थ्य चौकीमा उनको उपचार सम्भव भएन। उनलाई तत्कालै अन्यत्रै लानुपर्ने भयो। गाउँमा एम्बुलेन्स भए पनि चालक थिएन।

साप्सु खोलामा मोटरेबल पुल निर्माण हुने

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सुखोलास्थित मोटरेबल पुल निर्माणका लागि प्रदेशबाट १ करोडभन्दा बढि बजेट बिनियोजन भएको छ।

चार उद्यमी पुरस्कृत

विभिन्न किसिमका उद्योग सञ्चालन गरिरहेका खोटाङका चार उद्यमी पुरस्कृत भएका छन्। जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र व्यवसायीकरणमा योगदान पुर्याएकामा तेस्रो उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग बिकास समिति खोटाङले सफल उद्यमीलाई छनोट गरेर पुरस्कृत गरेको हो।

सुत्केरी ढुंगाको पुँजी २ करोड ६४ लाख

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सुत्केरी ढुंगा साना किसान कृषि सहकारीको पुँजी साँढे दुई करोड नाघेको छ। ०६९ भदौ ३१ गते स्थापना भएको सहकारीको पुँजी हालसम्म दुई करोड ६४ लाख ७८ हजार नाघेको हो।

‘लैंगिक हिंसाविरुद्धको अभियान १६ कि ३६५ दिन !’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा खोटाङका महिला अधिकारकर्मीले भने ३६५ दिननै महिला हिंसाका घट्ना न्यूनिकरणका लागि प्रयत्न गर्नुपर्ने बताएका छन्।

खोटाङको भित्री सडकमा पहिलोपटक कालोपत्रे गरिँदै

खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेका लागि शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार(करसहित) रुपैयाँ लगानीमा कालोपत्रे गर्न लागिएको उक्त सडकमा शनिबार स्काभेटर चलाएर प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका हुन् ।

टुहुरा बालबालिकालार्इ डा. भुसालको अार्थिक सहयाेग

बाबुआमाको मृत्यु भएपछि बिचल्लीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई आर्थिक सहयोग प्राप्त भएको छ।

अापराधिक घटना राेक्न प्रहरी र स्थानीय तहबीच सहकार्य

‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले स्थानीय तहसँग सहकार्य थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्