१४ आश्विन २०८१ सोमबार
image/svg+xml

आगलागीको उच्च जोखिममा खोटाङको दिक्तेल बजार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका रविध्वज राई तीन वर्षभित्र दुई पटक आगलागी पीडित भए ।

प्राविधिक शिक्षाको लहर

पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान(फरेस्ट्री) विषयमा भर्ना लिएको छ।

खोटाङमा यलम्बर पार्क बनाइने

खोटाङको बुइपामा यलम्बरको सालिकसहितको पार्क निर्माण गरिने भएको छ । तीस रोपनीभन्दा बढी सरकारी जग्गामा यलम्बरको ६५ फिट अग्लो प्रतिमा राख्ने गरी पार्क बनाउन लागिएको वडाध्यक्ष दिनेश राईले बताए।

सिडिओले खारेज गरे मन्त्री महासेठको निर्णय! सार्वजनिक यातायातमा पुरानै भाडादर कायम

मुलुकभर १० प्रतिशतले सार्वजनिक यातायातको भाडा बृद्धि गरिएको बेला खोटाङमा भने पुरानै भाडा दरलाई कायम राखिएको छ। १० प्रतिशतले सार्वजनिक यातायातको भाडा बृद्धि गरिएसँगै असोज ९ गतेदेखि भाडा बढाइएको जिल्लामा केही समयपछि पुरानै भाडा दरलाई कायम गरिएको हो।

किसानलाई अलैंची भित्र्याउने चटारो

खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका किसान ज्ञानबहादुर शाही हिजोआज अलैंची टिप्न र सुकाउन व्यस्त छन् ।

पहिरोको जोखिममा स्थानीय

फाटेको जमिनले पहिरोको रुप लिएपछि खोटाङको मात्तिमका ३ घर उच्च जोखिममा परेका छन्। वर्षा सुरु भएपछि २०७४ सालमा सुरु भएको पहिरोले साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका पिर्थीबोल राई, मेघबहादुर राई र जिपबहादुर राईको घर उच्च जोखिममा परेको हो।

दश प्रतिशतले बढाएर नयाँ भाडा दर लागू

सार्वजनिक यातायातमा भएको भाडा वृद्धि लगत्तै खोटाङमा सवारी साधनको नयाँ भाडा दर कायम गरिएको छ।

जलविद्युत् आयोजनालाई स्थानीय सरकारको सर्त

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले प्रभावित क्षेत्रका स्थानीयलाई दिइने सेवा सुविधा सुनिश्चित गरेर साप्सुखोला जलविद्युत् आयोजनाको काम अघि बढाउन माग गरेको छ।

सर्पको समस्या बढ्दै

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सप्तमनी राईलाई साउन २० गते सर्पले टोक्यो। फूलबारी गोलमेल गर्नेक्रममा अन्धा सर्पले दाहिने हातको औंलामा टोकेपछि राई उपचारका लागि ४ दिन जिल्ला अस्पताल दिक्तेलमा बसे।

शिक्षकको हाजिरमा नगरपालिकाको निगरानी

असोज १ गते सोमबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित देखिए।

दुम्सी मार्ने क्रममा निसास्सिएका बालकको मृत्यु

खोटाङमा दुम्सी मार्ने क्रममा निसास्सिएर गम्भीर घाइते भएका बालकको महिना दिनपछि मृत्यु भएको छ। गत साउन २६ गते ओढारमा धुवाँ लगाएर दुम्सी मार्ने क्रममा निसास्सिएर गम्भीर बनेका खोटेहाङ गाउँपालिका–८ सिमपानीका ११ वर्षीय नवल तामाङको मृत्यु भएको हो।

चिया खेतीका लागि सम्भाव्यता अध्ययन

खोटाङको दोर्पाचिउरीडाँडाको माथिल्लो भेगमा व्यावसायिक चिया खेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ।

बैठकमा ढिलो पुगे पाँच सय जरिवाना

औपचारिक या अनौपचारिक कार्यक्रमको निर्धारित समयमा उपस्थित नहुने समस्या जो कोहीले देखेभोगेकै हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्