२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाल चीनतर्फ ढल्केको छैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एकअर्कासँग तुलना गर्न नहुने बताएका छन्। भारततको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार चीनतर्फ नढल्केको पनि स्पष्ट पारेका छन्।

‘लगानीका लागि नेपाल नविन छ, अवसर नगुमाउनु !’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । आज शुक्रवारदेखि भारतको तीन दिने राजकीय भ्रमण सुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीमा नेपाल भारत विजनेस फोरमलाई सम्बोधन गर्दै लगानीका लागि नेपाल भूमि अझै पनि नविन रहेको उल्लेख गर्दै लगानी गर्न आग्रह गरेका हुन् ।

मासु नखाएको कारणले जागिर खोसिएको हैनः नेपाली सेना

नेपाली सेनाका प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाइ राजीनामा दिएकाले प्रक्रियागत रुपमै उनी सेवाबाट अलग भएको नेपाली सेनाले स्पष्ट पारेको छ।

थाइल्यान्डबासी नेपालीको कथाव्यथा पुस्तकमा

थाइल्याण्डमा बस्दै आएका युवा लेखक कुमार कार्कीको नयाँ कृति ‘जीवन संघर्ष’ सार्वजनिक भएको छ।

नेपाल लाइफ–एभरेस्ट बैंकासुरेन्स सम्झौता

नेपाल लाइफ इन्स्योरेन्स र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ। ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको हो।

अर्नाको ‘फेरि उठ्ने छ नेपाल’

अर्ना लाइटले ‘फेरि उठ्ने छ नेपाल’ नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस वर्ष ब्यान्ड वानका साथ अर्नाले नयाँ अवधारणासँगै उक्त कार्यक्रम गर्न लागेको कम्पनीले जनाएको छ।

ह्वावेको ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा

ह्वावे कम्पनीको बहु–प्रतिक्षित ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा लञ्च गरिएको छ। ह्वावे कन्ज्युमर बिज्नेस गु्रपले ग्राण्ड पलाईस्मा आयोजित एक भव्य लन्च इभेन्टमा ह्वावे पी२० र पी२० प्रो लाई लन्च गरेको हो।

वार्सटाइनर वियर नेपालमा

जर्मनको वार्सटाइनर वियर नेपाली बजारमा लञ्च भएको छ। नवलपरासीको हकुईमा रहेको आधुनिक वियर उत्पादन कम्पनी राज ब्रेअरी प्रालिको कारखानामा बुधबार आयोजित एक समारोहमा वियर लञ्च गरिएको हो। राज ब्रेअरी वार्सटाइनर वियरको आधिकारिक विक्रेता हो।

नेपाली भन्दै भारतीय सुन बिक्री

महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ ।

‘नालापानी’मा नेपाली सेना

नेपाली सेनाको सहयोगमा फिल्म ‘नालापानी’को छायांकन गरिएको छ । राजधानीको विभिन्न स्थानमा छायांकन भइरहेको फिल्म गत शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाली सेनाको ‘गोरख गण’को मैदानमा छायांकन गरियो।

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल

नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो।

‘नेपाल–भारत सम्बन्धलाई कसैले विगार्न खोजे त्याे सम्भव छैन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत सम्बन्धलाई कसैले विगार्न खोजे त्यो सम्भव नभएको बताएका छन्। मंगलबार संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको दुबै छिमेकी (भारत र चीन)सँग सम्बन्ध राम्रो भएकोमा खुसी व्यक्त गर्दै अझै सुदृढ र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे।

३ नेपाली खेलाडी क्यनाडा लैजाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले आउँदो सिजन क्यानेडियन लिग खेल्न तीन नेपाली खेलाडी लाने बताएका छन्।

नेपाली जुतामा उपभोक्ताको आकर्षण

फुटवेयर बिजनेस एक्स्पो–२०७४ माअवलोकनकर्ताको भीड लागेको छ । काठमाडौंको भृकुटीमण्डपमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनअफ नेपालको आयोजना र नेपाली जुत्ताघरको सहआयोजनामा सुरु भएको मेला २८ गतेसम्म चल्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्