२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रसंघमा विकासका विषयलाई नेपालले जोडदार रुपमा उठाउने

गत मङ्गलबारदेखि शुरु भएको संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभाअन्तर्गत आगामी सोमबारदेखि शुक्रबारसम्म न्युयोर्कमा हुने उच्चस्तरीय बैठकहरुमा नेपालले विकासका विषयलाई जोडदार रुपमा उठाउने भएको छ।

कमाउन विदेश गएको छोराको शव आएपछि...

रुसमा गत भदौ १६ गते हत्या गरिएका कपिलवस्तु नगरपालिका ३ ठुलो सडवाका २६  बर्षिय राजकुमार यादवको शव १८ दिनपछि घरमा ल्याइएको छ। काठमाडौंबाट शुक्रबार दिउँसो उनको शव घर पुर्याइएको हो।

'छ माया छपक्कै'को ट्रेलर सार्वजनिक

'छ माया छपक्कै'को पहिलो गीत 'जुनको जुनेली' यस असअघिनै सार्वजनिक भइसकेको छ। जुन गीतले निक्कै चर्चा समेत पायो। चलचित्र छ माया छपक्कै यही असोज २४ गते रिलिज हुँदैछ।

‘ग्रहण हटाउन हदैसम्म लचक भयौ’

वि.सं. २०७२ साल पुस १ मा निर्वाचित नेपाल क्रिकेट संघ(क्यान)लाई विघटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तदर्थ कमिटी गठन ग¥यो। पुस १८ को उक्त तदर्थ कमिटीको संयोजकका रूपमा थिए, राखेपका वर्तमान सदस्यसचिव रमेश सिलवाल। त्यससँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)ले सरकारी हस्तक्षेप भएको भन्दै ०७३ वैशाख १३ मा क्यानलाई प्रतिबन्ध गरेको थियो।

राजनीतिको दलदलमा प्राज्ञिक संस्था

नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको सेवाअवधि ७ भदौमा पूरा भयो। रजिष्ट्रार कार्तिकेय झाको कार्यकाल पनि २६ भदौमा सकियो। शिक्षाध्यक्ष रमेशप्रसाद ढकालको कार्यकाल असोज २७ मा सकिँदैछ। खाली भएका पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा अहिले राजनीतिक वृत्तमा छलफल चलिरहेको छ।

ग्यास र हवाई इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो।

वैदेशिक रोजगार व्यवसायी निर्वाचनः लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको हो।

सरकारले ल्याएको सबै विधेयक मान्य हुँदैन्ः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरित ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन्।

साफ यु–१८ च्याम्पियनसिप– फिनिसिङमा चुक्दा नेपाल बराबरीमा रोकियो

साफ यु–१८ च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको छ। पहिलो हाफमा एक गोलले पछि परेको नेपालका लागि मनिष डाँगीले बराबरी गोल फर्काएका थिए।

मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा

मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन्। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३२ विमानस्थलमध्ये १३ वटाले मात्र नाफा कमाइरहेका हुन्।

साफ यु–१८ च्याम्पियनसिप– पहिलो हाफमा नेपाल एक शून्यले पछि

च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससंग पहिलो हाफमा एक गोलले पछि परेको छ। हलचोकस्थित एपिएफको खेलमैदानमा जारी खेलमा माल्दिभ्सका रहेमानले गोल गरे।

नेपाल र ताजिकिस्तान भिड्ने

जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेल ताजिकिस्तानसँग खेल्दैछ। जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा नेपालले जित निकाल्ने उद्देश्यका साथ बलियो प्रतिद्वन्द्वी ताजकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ।

उपाधिको ह्याट्रिक लक्ष्यमा नेपाल

साफ यु–१८ च्याम्पियनसिप उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको आयोजक नेपाल शुक्रबार हलचोकस्थित एपिएफको खेलमैदानमा माल्दिभ्सलाई आतिथ्य गर्दै सो यात्राको सुखद सुरुआत गर्न चाहन्छ। ६ देशले सहभागिता जनाएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्न लागेको हो।

शुक्रबारबाट इन्डो–नेपाल फिकलबल

पालमा नौलो खेलको सुरुआतका रूपमा इन्डो–नेपाल पिकलबल च्याम्पियनसिप शुक्रबारबाट हुने भएको छ। ग्यालेक्सी स्कुलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका २० र भारतका २० गरी ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल पाँच स्थान माथि

नेपालले फिफा विश्व वरीयतामा ५ स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६६औं स्थानबाट १ सय ६१ औं स्थानमा उक्लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्