२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेमकिपाको महाधिवेशन आजदेखि

नेपाल मजदूर किसान पार्टीको महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। पार्टीको महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै आगामी रणनीति, कार्यदिशा तय गर्नेछ।

सरकारले राज्य आतंक सिर्जना गर्‍याे : देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले राज्य आतंक सिर्जना गरी समाजमा अशान्ति फैलाएको आरोप लागाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले जनताको करबाट तलब खाने प्रहरीलाई पार्टीको जस्तो बनाएको बताए ।

तरुण दल नेतामाथि खुकुरी प्रहार

नेपाली कांग्रेस निकट नेपाल तरुण दलमा आवद्ध युवामाथि नेपालगन्जमा खुडा प्रहार भएको छ। धम्बोझी चोक नजिक रहेको एक रेष्टुरेन्टमा बुधबार राती करिव साढे १० बजेतिर उनीहरुमाथि खुडा प्रहार भएको हो।

सरकारबाटै संविधानलाई कमजोर बनाउने काम भयोः नेता सिटौला

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको दावी गर्दै आपत्ति जनाएका छन्।

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोग तयार, कानुनको माग

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको प्रतिक्रिया दिएको छ।

प्रधानमन्त्रीजी ! तपाईंको राजमा को सुरक्षित छ ?

प्रतिपक्षी दलको जिल्ला सभापति त्यो पनि सत्तरी बर्ष पुग्न लागेकी एक महिला नेतृको सम्म सम्मान र सुरक्षा हुन सक्दैन भने म सोध्न चाहन्छु प्रधानमन्त्रीजी तपाईंको राजमा को सुरक्षित छ?

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा थप १३ देशमा विस्तार

नेपाल टेलिकमले थप १३ देशमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा संविधान दिवसका अवसरमा भोलि (शुक्रबार)बाट सुरु हुनेछ। टेलिकमले भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पुनः संचालन गरेको थियो।

यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन

ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन। वर्षामा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो।

नेपालको संविधान विश्वकै अनुपम दस्तावेजः नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएको दावी गरेका छन्।

नेपाली कफी कोरिया निर्यात

गत आर्थिक वर्षमा पाल्पामा १६.६ टन पार्चमेन्ट र ३.३ टन ड्राइचेरी कफी उत्पादन भएको थियो। यस्तै गुल्मीमा १.५ टन पार्चमेन्ट र सात टन ड्राइचेरी उत्पादन भएको थियो। यसैमध्येबाट एक टन कफी कोरिया निर्यात गरिएको हो। बाँकी कफी स्वदेशमा खपत भएको छ।

नेपालको झण्डाः वैदिक, वैज्ञानिक र व्यावहारिक

नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा नै फेर्न लागेका थिए। कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे। हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए। अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झण्डालाई महत्व दिएपछि झण्डाको चर्चा फेरि चल्न थालेको छ।

‘नेपालका सम्भावनाका क्षेत्रलाई विश्वमाझ पुर्याउन सगरमाथा संवाद मञ्च स्थापना’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले आफ्ना सम्भावनाका क्षेत्रहरुलाई विश्वमाझ पुर्याउन ‘सगरमाथा संवाद’ नामक अन्तराष्ट्रियस्तरको मञ्च स्थापना गर्नु परेको बताएका छन्।

अविरल वर्षाले डुब्यो नेपालगञ्ज (फाेटाे फिचर)

अविरल रुपमा परेको वर्षाले बुधबार नेपालगन्जसहित आसपासको क्षेत्र डुबानमा परेको छ। बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो।

समालिन नसक्दा नेपाललाई बराबरी

नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोटमा कुवेतसँग बराबरी खेल्दै अंक बाँडेको छ। छनोटको समूह ‘ए’ मा रहेको नेपाल अन्तिम मिनेटमा पेनाल्टीमातर्फ गोल बेहोरेपछि कुवेतसँग १–१ को बराबरीसहित अंक बाँड्न बाध्य भएको हो।

रग्बी टोली जापानतर्फ

जापानमा हुने कार्यक्रममा सहभागी हुन तीन सदस्यीय नेपाली रग्बी टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन्। विश्व रग्बीको ‘इम्प्याक्ट बियोन्ड’ कार्यक्रममा सहभागी हुन दुई खेलाडी र एक प्रशिक्षक मंगलबार जापान प्रस्थान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्