७ आश्विन २०८१ सोमबार
image/svg+xml

भारत–पाक सम्बन्धका कारण सार्कको भविष्य अनिश्चित

पहिलो कार्यकालको शपथ ग्रहणमा सार्क मुलुकका सरकार प्रमुखलाई निमन्त्रणा गरेका उनले दोस्रो कार्यकालको शथपग्रहणमा बिमस्टेक सम्बद्ध मुलुकलाई मात्र निमन्त्रणा गरेका हुन्।

प्रधानमन्त्री ओलीको भारत भ्रमण असफलः नेता सिंह

नेपाली कांग्रेसका नेता तथा सांसद डा.अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण असफल भएको टिप्पणी गरेका छन्।

विपक्षी दलको नेतामा सोनिया

भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित भएकी छन्।

मोदीलाई भेटेर काठमाडौं फर्किए ओली

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भई स्वदेश फर्किएका छन्।

भारतीय लोकतन्त्रका तीन चुनौती

हिन्दु दक्षिणपन्थको प्रवद्र्धन, प्रजातान्त्रिक संस्थालाई कमजोर बनाउने र अलोकतान्त्रिक विचारको विकास गर्ने तीनवटै पक्षले मोदीको दोस्रो कार्यकाल अधिनायकवादी धार्मिक प्रजातन्त्रतर्फ देश रूपान्तरण हुने सम्भावना बढेको छ।

विश्वासपात्रदेखि गान्धीलाई हराउनेसम्म अटाए, स्वराज र जेटली हराए

अघिल्लो पटक मोदी नेतृत्व सरकारको अर्थमन्त्री रहेका अरुण जेटली र विदेशमन्त्री सुस्मा स्वराज यो पटक मोदीको मन्त्रिमण्डलमा सहभागी भएका छैनन्।

नाकाबन्दीका डिजाइनरलाई मोदीको मन्त्री ‘उपहार’

नेपाल मामलाका जानकारसमेत रहेका जयशंकरलाई भारतले नेपालमाथि लगाएको नाकाबन्दीको मुख्य डिजाइनरको रुपमा समेत चिनिन्छ। तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीको दुत बनेर नेपाल आएका जयशंकर विदेश सचिव थिए।

प्रधानमन्त्री ओली दिल्लीमा, विदेश सचिवले गरे स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका थिए।

मोदीको शपथमा सहभागी हुन भारत जाँदै प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि सपथ लिने समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज भारत जाँदैं छन्।

भारतीय मिडियाको ठूलो बजार सीमित समूहको कब्जामा

भारतीय मिडियाको ठूलो बजार सीमित व्यक्तिको नियन्त्रणमा रहेको हालै गरिएको एक अनुसन्धानले देखाएको छ। ‘रिपोर्टर विद्आउट बोर्डर’को अग्रसरतामा गरिएको मिडिया स्वामित्व अनुगमनसम्बन्धी अनुसन्धानले यस्तो देखाएको हो।

पेमा खान्डु अरुणाञ्चल प्रदेशको मुख्यमन्त्री

भारतीय जनता पार्टी (भाजपा)का नेता पेमा खान्डुले अरुणाञ्चल प्रदेशको मुख्यमन्त्रीका रूपमा बुधबार शपथ लिएका छन् । खान्डुसहित अन्य ११ जना मन्त्रीलाई अरुणाञ्चल प्रदेशका गभर्नर अवकाश प्राप्त बिग्रेडर बिडी मिश्राले पद तथा गोपनियताको शपथ गराएको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

अरुण जेट्लीले आफूलाई सरकारमा सामेल नगराउन मोदीलाई लेखे पत्र

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा एक नम्बर बनेको दल भारतीय जनता पार्टी (भाजपा) का नेता तथा निवर्तमान रक्षा तथा अर्थमन्त्री अरुण जेट्लीले नयाँ सरकारमा आफूलाई सामेल नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली र मोदीबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्ध र महत्वबारे छलफल गर्ने बताएका छन्। ओली बिहीबार दिउँसो भारत जाँदैछन्।

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाने

प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आगामी बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। ओलीलाई सपथ समारोहमा सहभागिताका लागि मोदीले आमन्त्रण गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्