७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वासपात्रदेखि गान्धीलाई हराउनेसम्म अटाए, स्वराज र जेटली हराए

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि नयाँ सरकारका मन्त्रीहरुले पनि सपथ लिएका छन्। बिहिबार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ कोविन्दले सपथ खुवाएका हुन्। मोदीको मन्त्रिमण्डलमा केहि नयाँ अनुहार पनि अटाएका छन्।

मोदीका विश्वासपात्र भाजपाका अध्यक्ष अमित शाहले पनि सपथ लिएका छन्। पार्टीका पूर्व अध्यक्षद्वय राजनाथ सिंह र नीतिन गडकरीलगायतका नेताहरूले मोदीको मन्त्रिमण्डलमा पुनः प्रवेश पाएका छन्।

त्यस्तै पूर्वविदेश सचिव एस जयशंकर पनि परेका छन्। उनी मोदी नेतृत्वको सरकारमा नयाँ अनुहार हुन्। उनी भारतले नेपाललाई नाकाबन्दी लगाउँदाका डिजाइनरका रूपमा समेत चिनिन्थे।

त्यस्तै भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गर्ने भाजपाकी नेतृ स्मृति इरानीले मन्त्रीकी सपथ लिएकी छिन्।

त्यस्तै अघिल्लो पटक मोदी नेतृत्व सरकारको अर्थमन्त्री रहेका अरुण जेटली र विदेशमन्त्री सुस्मा स्वराज यो पटक मोदीको मन्त्रिमण्डलमा सहभागी भएका छैनन्। भारतीय मिडियाहरुका अनुसार स्वास्थ्यका कारण उनी सहभागी नभएका हुन्।

प्रकाशित: १६ जेष्ठ २०७६ १६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App