७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विपक्षी दलको नेतामा सोनिया

नयाँ दिल्ली– भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनबाट उनी चौथो कार्यकालका लागि निर्वाचित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाज उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप सिंह सुर्जेवालाले बताएका छन्। भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि गठन भएको नयाँ लोकसभाको पहिलो बैठक यही जुन १७ देखि जुलाई २६ सम्म बस्ने भएको छ।

नयाँ सरकारको नयाँ केन्द्रीय वार्षिक बजेट भने सरकारले यही जुलाई ५ तारिखका दिन सार्वजनिक गर्ने संभावना रहेको छ। लोकसभामा काँग्रेसको ५२ जना सांसद रहेका छन्। गान्धीले संसद्मा उनीहरुको नेतृत्व गर्ने भएकी छन्। उनी सन् २००४ देखि निरन्तर काँग्रेसको संसदीय दलको नेता हुन्। रासस

प्रकाशित: १८ जेष्ठ २०७६ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App