३ मंसिर २०८१ सोमबार
image/svg+xml

इमिरेट्सको विमान दुवई विमानस्थलमा दुर्घटनाग्रस्त, सवै यात्रु सकुशल

दुवई— भारतबाट आइरहेको इमिरेट्सको विमान अवतरणका क्रममा दुवई विमानस्थलमा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। दुवईको सरहारी संचारम माध्यमले आफ्नो ट्विटर एकाउन्ट मार्फत विमानमा २ सय ७५ हवाइ यात्रु र २५ जना विमान कर्मचारीसहित ३ सय जना रहेको र उनीहरु सवै सकुशल रहेको जनाएको छ।

मिनीट्रक दुर्घटनामा ८ घाइते

सदरमुकाम मन्थलीबाट जिल्लाको बिजुलीकोट र नागदह गाविसको सीमानामा रहेको धोवी बजारतर्फ जाँदै गरेको बा २ ख ११६८ नम्बरको मिनीट्रक बुधबार विहान नागदह गाविस– ७ घ्याङडाडामा दुर्घटना हुँदा त्यसमा यात्रा गरिरहेका ८ व्यक्ति घाइते भएका छन्।

मनहरी दुर्घटनामा एकै गाउँका ४ को मृत्यु

आइतबार विहान मकवानपुरको मनहरीमा भएको दुई रात्रि बस ठक्करमा परी मृत्यु हुने ९ मध्ये उदयपुरका एकै गाउँका ४ जना रहेको खुलेको छ। काठमाडौंदेखि गाईघाट आउँदै गरेको ना५ख ५०५५ नम्बरको अग्नि यातायात र काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०६४ नम्बरको रात्रि बस एकापसमा ठक्कर खाँदा मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० देउरीकै ४ जनाको मृत्यु भएको हो।

टेक्ससमा हट एयर बेलुन दुर्घटनागस्त, बेलुन सवार सबै यात्रुको मृत्यु

अमेरिकी सहर टेक्ससमा शनिबार एउटा एयर बेलुन उडिरहेकै समयमा आगलागी हुँदा दुर्घटनास्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

मकवानपुरमा बस दुर्घटना, नौ जनाको मृत्यु, ३२ जना घाइते

मकवानपुरको मनहरीमा गएराति दुई यात्रु बस एक आपसमा ठक्कर खाँदा नौजनाको ज्यान गएको छ। सो घटनामा ३१ जना यात्रु घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बामदेव गौतमका अनुसार छजनाको घटना स्थलमै निधन भएको हो।

घुम्तीमा ब्रेकफेल हुँदा दुर्घटना, १३ को मृत्यु

कोसी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारनजिकै बिहीबार बस दुर्घटना हुँदा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित १३ जनाको ज्यान गएको छ। दुर्घटनामा २८ यात्रु घाइते छन्।

धनकुटा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुग्याे, ७ को सनाखत

धनकुटा– धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ। धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत घाेषाणा गरेपछि मृतककाे संख्या ११ पुगेकाे हाे। यसअघि ७ जनाकाे घटना स्थलमै मृत्यु भएकाे थियाे।

धनकुटामा बस दुर्घटना: पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु

संखुवासभाको मुडे शनिश्चरेबाट धनकुटा आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पूर्व राज्यमन्त्री हरिराज खेवासहित ७ जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

पृथ्वी राजमार्गको तनहुँ खण्डमा बुधबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एउटै राजमार्गको करिब १५ किलोमिटर दुरीभित्र भएका तीनवटा दुर्घटनामा परि ३४ जना यात्रु घाइते भएका छन्।

मलेसियामा गाडी दुर्घटना, कम्पनीले उपचार नगर्दा घाइते नेपालीको बिजोग

ड्युटीमा जाँदै गर्दा कम्पनीको गाडी दुर्घटनामा परी घाइते भएका एक नेपाली मलेसियाको अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्। १० दिन बित्दासमेत कार्यरत कम्पनीले उपचारमा चासो नदिएको घाइतेका साथीको भनाइ छ।

दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु

बुटवल– पूर्वपश्चिम राजमार्ग अन्तर्गत तिनाउ पुलमा आज भएको सवारी दुर्घटनामा चितवन चिसापानीका कुमार नगरकोटीकोे मृत्यु भएको छ।

रसुवाकाे राम्चेमा जिप दुर्घटना

धुन्चे (रसुवा)– रसुवाको मूलकर्ख इलाकामा आज साँझ जिप दुर्घटनामा परेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख प्रहरी नायब उपरीक्षक दर्शन गिरीका अनुसार राम्चे गाविस–१ मूलखर्क इलाकामा जिप दुर्घटना भई सडकबाट करिब ५० मि तल खसेको र चालक र यात्रुको खोजी जारी छ । जिपको नम्बर खुल्न सकेको छैन।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सर्लाहीको नवलपुरमा मोटर साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २०प २३२५ नम्बरको मोटर साइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मिनी ट्रक लखनदेही पुलमा एक आपसमा ठोक्ँिकदा मोटर साइकल चालकको घटना स्थलबाट मृत्यु भएको छ ।

भारतमा बस दुर्घटनाः पाँच नेपालीको मृत्यु

नेपालगन्ज– सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ। बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो।

भारतमा बस दुर्घटना:पाँच नेपालीको मृत्यु

सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो । सो दुर्घटनामा पाँच नेपालीको मृत्यु भएको खबर भारतीय प्रहरीबाट प्राप्त भएको प्रहरी उपरीक्षक राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्