दश अवतार नाचमा ‘राम लीला’को शृङ्गार सामग्री!
उपत्यकाको चर्चित इन्द्रजात्रा पर्वको बेला प्रदर्शन गरिने दश अवतार नाच मागेको शृङ्गारले जेनतेन चल्दै आएको छ । ०७२ को भूकम्पमा जात्रासँग जोडिएका विभिन्न नाचमा प्रयोग गरिने शृङ्गार सामग्री पुरिएका थिए।
उपत्यकाको चर्चित इन्द्रजात्रा पर्वको बेला प्रदर्शन गरिने दश अवतार नाच मागेको शृङ्गारले जेनतेन चल्दै आएको छ । ०७२ को भूकम्पमा जात्रासँग जोडिएका विभिन्न नाचमा प्रयोग गरिने शृङ्गार सामग्री पुरिएका थिए।
बर्षभर अान्तरिक र वाह्य पर्यटकले भरिभराउ रहने यो पोखरीमा इन्द्रजात्राको दिन भने विशेष रौनक हुन्छ। भक्तपुर नगरपालिका, दुधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली हुनेगर्छ।
काठमाडौं उपत्यकामा सोमबार इन्द्रजात्रा मनाइएको छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइएको हो। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरेकी छिन्। इन्द्रजात्रा हेर्न बसन्तपुर दरबार क्षेत्र पुगेकी भण्डारीले श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन पनि गरिन। यस अवसरमा सरकारले सोमबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो।
काठमाडौं झोछेँस्थित न्हूसाः मानन्धर सनागू खलःका सुरेश मानन्धर (सानुदाई) ताहाचलस्थित आफ्नो आँगनमा आइतबार बिहानैदेखि नर्कट ल्याई ताछ्दै थिए । उनको यो चटारो इन्द्रजात्राको दिन बेलुकी परम्परागत रूपमा जनउद्धारमा जानका लागि थियो।
काठमाडौं चर्चित इन्द्रजात्राले वसन्तपुर क्षेत्रमा रौनक थपेको छ । जात्रा सुरु भएयता यस क्षेत्रमा अवलोकनकर्ताको भीड लाग्ने गरेको छ । जात्रा हेर्न पर्यटक पनि आउने गरेका छन्।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।
उपत्यकाको प्रमुख जात्रामध्येको इन्द्रजात्रा शुक्रबारदेखि सुरु हुँदैछ । बिहान ७ बजे वसन्तपुरस्थित हनुमान ढोकाबाट लिंगो उठाएपछि जात्रा सुरु हुनेछ ।
काठमाडौं हनुमानढोका परिसरमा गत शुक्रबार बिहान लिंगो उठाएसँगै इन्द्रजात्राको रौनक सुरु भएको छ । श्रीकुमारी, श्रीभैरव, श्रीगणेशको रथ यात्रा, देवी नाच, सवःभक्कु, महाकाली, लाखेको मनमोहक नृत्यबीच हर्षोल्लास साथ मनाइने इन्द्र जात्राको अर्को पक्ष पितृ मोक्षको लागि गरिने विभिन्न परम्परा छ।
इन्द्रजात्राको लागि भक्तपुर नालास्थित जंगलबाट लिंगो काटेर ल्याइएको छ । लिंगो काट्नका लागि गत मंगलबार मानन्धर टोली भक्तपुरतर्फ पस्थान गरेको थियो ।
वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी उपत्यकामा परम्परागत इन्द्रजात्रा पर्व मनाइएको छ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।
हरेक टोलबाट आफ्नो गुठीले पाएको जिम्मेवारीअनुसार खटिन तयार भेटिन्छन् सदस्य र टोलवासीहरू । वर्षैभर जस्तो सक्रिए रहने नेवार समुदायका धेरै गुठी सदस्य एकत्रित भएका छन्, यसबेला वसन्तपुर क्षेत्रमा । उनीहरू सबैको एउटै ध्येय छ– इन्द्रजात्रालाई सफल बनाउनु ।
चोक चोकमा बिहानै यम्बोःद्यो ठड्याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ।
‘यो जात्राले उपत्यकाको पहिचान बोकेको छ, जात्रा अवधिभर उपत्यकामा बेग्लै रौनक हुन्छ ।’
कुमारीले दैत्यलाई युद्धमा पराजित गरेर दैत्य भागेपछि नाच सकिन्छ। उपत्यका अरु नाचमा दैत्यको वध गरिन्छ। देवी नाचमा भने पराजित भएको दैत्य भागेर जान्छ, उसको वध हुँदैन।
काठमाडौँमा मनाइने इन्द्रजात्राको लागि आवश्यक लिंगो भक्तपुरबाट ल्याइएको छ । भक्तपुरको चित्तपोलस्थित लिंगो बनबाट लिंगो काटेर तानेर विहीबारदेखि ल्याउन सुरु गरिएको हो ।