७ आश्विन २०८१ सोमबार
image/svg+xml

मोरङको १२ वटा प्रदेशसभामध्ये ८ वटा प्रदेशको मत परिणाम सार्वजनिक

मोरङमा १२ वटा प्रदेशसभा सदस्यको निर्वाचनमध्ये आठ वटा निर्वाचन क्षेत्रको नतिजा निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ।  प्राप्त नतिजाअनुसार पाँचवटामा वाम गठबन्धन र तीन वटा प्रदेशमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।

मोरङ ६ मा लालबाबु पण्डित र ३ मा भानुभक्त ढकाल विजयी

मोरङका छमध्ये दुई निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उत्तरी मोरङका मतदाताको माग : सडक र बिजुली

मोरङ भन्ने बित्तिकै एउटा सुगम जिल्लाको रुपमा चिनिन्छ। तर मोरङ जिल्लाका कतिपय यस्ता विकट क्षेत्र छन् जहाँ अहिलेसम्म पनि सहज यातायात सेवा, बिजुली र स्वास्थ्य सेवा पुग्न सकेको छैन।

मोरङ क्षेत्र नम्बर ५ को निर्वाचन बढी रोचक

निर्वाचनको मिति नजिकिदैं जाँदा मोरङमा चुनावी सरगर्मी बढेको छ । ६ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नम्बर ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् ।

मोरङ १ का उम्मेदवारको कार्यसूची : पर्यटन विकास

मोरङ निर्वाचन क्षेत्र नं १ सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिए पनि सो क्षेत्र पर्यटकीय हिसाबले भने निकै महत्वपूर्ण मानिन्छ। पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा रहेका क्षेत्रलाई समेटेर निर्माण भएको एक नं निर्वाचन क्षेत्रका अधिंकाश भूभाग पहाडी तथा दुर्गम क्षेत्रमा पर्छन्। जिल्लाका उर्लाबारी नगरपालिका तथा लेटाङ, मिक्लाजुङ र केराबारी गाउँपालिकालाई समेटेर एक नं निर्वाचन क्षेत्र बनाइएको हो। सो क्षेत्रका सबै स्थानीय तहमा पर्यटकीय क्षेत्रको सम्भावना रहेको छ। आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि सो क्षेत्रका उम्मेदवारहरु पर्यटकीय क्षेत्रको विकास गर्ने मुख्य कार्यसूची बोकेर चुनावी मैदानमा उत्रिएका छन्।

मोरङ : कांग्रेस गढमा कडा टक्कर

राजनीति र औद्योगिक इतिहास बोकेको मोरङमा प्रतिनिधि र प्रदेश सभाको मतदान दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुँदैछ । देशभरमै सबभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङका ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

रङमा ‘सिसा’ को मात्रा अत्यधिक, जनसाधारणको स्वास्थ्य जोखिममा

बजारमा पाइने ४० प्रतिशत पेन्ट्स (रङ) मा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘सिसा’ अत्यधिक मात्रामा पाइएको छ।

मोरङमा दुर्घटना हुँदा दुईको मृत्यु

जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ। ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

तपाईंको मनपर्ने रङले के भनिरहेको छ ?

तपाईंमा कामप्रति समर्पणको भाव बढी हुन्छ । आक्रामक रुपमा तपाईं कुनै कुरामा लागिपर्नु हुन्छ । तपाईं कुरामा भन्दा काममा बढी ढल्कनु हुन्छ । तपाईंलाई खतरा मोल्न मन पर्छ । तपाईं भौतिकतामा बढी आशक्त हुनुहुन्छ भने शारीरिक रुपमा फिट हुने चाहना राख्नुुहुन्छ ।

मोरङको कानेपोखरीमा आगोले जलेर तीनको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर तीन महिलाको मृत्यु भएको छ। सोही ठाउँका ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा आज बिहान ३ बजे अचानक आगलागी भएको थियो।

कतार विश्वकपबाट बाहिरिएपछि तरङ्ग

एसियाबाट सिरियाले आश्चर्यजनक रूपमा विश्वकप छनोटको प्लेअफमा स्थान सुरक्षित गर्दा अन्य दुई राष्ट्रको यात्रामा पूर्णविराम लागेको छ । गृहयुद्धको चपेटामा परेको सिरियाले सुनौलो यात्रा तय गर्दा विश्व फुटबलका दुई महत्वाकांक्षी राष्ट्र चीन र कतार अर्को वर्ष रूसमा हुने विश्वकप २०१८ बाट बाहिरिएका हुन् ।

रागिनीका रङहरु

‘घरमा कोही आयो भने म छैन भन्दिनू,’ उनको बुवाको आदेश हुन्थ्यो । कोही आउँथ्यो, ढोका ढक्ढक्याउँथ्यो र ढोका खुल्दा उनकी आमा झुल्किन्थिन् र भन्थिन्, ‘उहाँले भन्नु भा’को उहाँ हुनुहुन्न रे !’ ‘म यस्तो सत्यवादी, सत्यप्रिय परिवारमा जन्मिएँ,’ भक्तपुरको बालकोटस्थित चित्रकलाको स्टुडियोजस्तै घरमा मध्य साउनमा यो पंक्तिकार नेपालकी प्रख्यात चित्रकार रागिनी उपाध्यायलाई भेट्दा गफिँदै उनले भनिन्, ‘म यस्तो परिवारमा हुर्किएँ, जहाँ सत्य, इमान्दारी र बोलीमा सधैँ ध्यान दिइन्थ्यो ।

पुनर्निर्माण बजेट क्याम्पस रङरोगनमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको रमम पुनर्निर्माण र मर्मतबाहेक अन्य शीर्षकमा खर्चिन पाइँदैन। तर,  त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पसले पुनर्निर्माण रकम अन्य प्रयोजनमा खर्च गरिरहेका छन्।

मोरङमा अहिलेसम्म बाढीले १८ जनाको मृत्यु

भारी बर्षाको भेलले बगाउँदा मोरङमै १८ जनाको मृत्यु भइसकेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सोमवारसम्ममा १८ जनाको मृत शरिर भेटिएको छ।

विद्यावारिधि तरङ्ग

जे–जस्ता जटिलता देखिए पनि पाठ्य कार्यक्रमअनुसार विद्यावारिधि लागु गर्नमा कसैको विमति देखिन्न । शोधार्थी छनोट, निर्देशन तथा मूल्याङ्कन समीतिमा साँच्चै प्राज्ञिक अनुसन्धानप्रति समर्पित विज्ञहरू समेट्न सकिएमा विद्यावारिधि उपाधिको गुणस्तर सुधार हुनसक्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्