७ आश्विन २०८१ सोमबार
image/svg+xml

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बजेट छुट्याउँदै प्रदेश र स्थानीय तह

राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ। भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन्।

ट्याक्टरको डालाले च्यापेर चालकको मृत्यु

मोरङको बुढिगंगामा बालुवा बोकेको ट्याक्टरको डालाले च्याप्दा ट्याक्टर  चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा को २ त ५१४ नम्बरको ट्याक्टरका चालक भोजपुर हतुवागढी - हसनपुरका भरत राई रहेको प्रहरीले जनाएको छ।

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु

चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ।

आठौँ राष्ट्रिय खेलकूदको समापन उपराष्ट्रपतिले गर्ने

आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा

रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ।

विभत्स अवस्थामा भेटियो महिलाको शव

मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा एक महिलाको शव भेटिएको छ। वीरबहादुर बस्नेतको घरमा डेरा गरी बस्ने २९ वर्षीया रुपा बस्नेतको शव शनिबार घर अगाडिको बाटोमा विभत्स अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बस्नेतको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

मोरङसँग आयोजक स्तब्ध

अनुभवी खेलाडीले भरिएको डिएफसी मोरङसँग आयोजक पाँचथर क्बल घरेलु मैदानमा प्रतिस्पर्धात्मक खेल खेले पनि गोल गर्न नसक्दा जारी तेस्रो पाँचथर गोल्डकप फुटबलमा स्तब्ध भएको छ।

मोरङ र झापाको विजयी सुरुआत

वर्षाका कारण निर्धारित समयभन्दा एक दिनपछि आइतबारबाट तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फिदिममा सुरु भएको छ। फिदिम माविको खेलमैदानमा आइतबार भएका दुई खेलमा डिएफसी मोरङ र बिर्तामोड युनाइटेड झापाले विजयी सुरुआत गरेका छन्। खराब मौसमले हिलाम्मे बनेको मैदानमा खेल भएको थियो।

आज फागु पूर्णिमा, हिमाल र पहाडमा हर्षोल्लासका साथ मनाइँदै

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि साढे पाँच करोड रकम सङ्कलन

रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस” ले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिएका हुन्।

रेमिट सदस्यलाई नोबेल अस्पतालमा छुट

मोरङको ग्रामथान–२, झोराहाटस्थित रेमिट बचत तथा ऋण सहकारी सस्थाका सदस्यले नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा सहुलियत पाउने भएका छन् ।

बालिका बलात्कार गर्ने रङ्गेहात पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले यहाँका एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोहि ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन गरिएको छ। बुधबार साँझ भरतपुरको चौबिसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाले दीप प्रज्वलन गरेका हुन्।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बन्ने

धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ। त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्