१० मंसिर २०८१ सोमबार
image/svg+xml

शीतलहरबाट शतर्क हुँदै रुपन्देही, सरोकारवालालाई निर्देशन

शीतलहर तराईको एउटा समस्याको रुपमा छ। जाडो क्रमश बढ्दै गएपछि अस्पतालहरु पनि भरिभराउ हुँदै गएको छ। युवा भन्दा पनि बालबालिका र जेष्ठ नागरिकहरुलाई प्रभावित पार्ने जाडो र शितलहरले रुपन्देहीसहित तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भई ज्यान जानेसमेत गरेको छ।

चार महिनामा ७ हजार ६ सय १७ जनाले बनाए नागरिकता

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकको प्रगति विवरण सार्वजनिक गरेको छ। साउनदेखि कार्तिक महिनासम्म भएको सम्पूर्ण गतिविधी बारे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो।

रुपन्देही भलवारीका कार्की भारत्तोलनमा विश्व च्याम्पियन

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीका रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएका छन्। आयरल्याण्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित माष्टर–२ प्रतियोगितामा कार्कीले विश्वभरका दुई सय बढी देशका करिब सात सय जना प्रतिस्पर्धीमध्ये २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जित्न सफल भएका हुन्।

अब शिक्षकले कक्षामा मोबाइल प्रयोग गरे सुविधाबाट वञ्चित !

रुपन्देहीको एक विद्यालयले कक्षाकोठामा शिक्षकले मोबाइल चलाए पाउने सेवा सुविधा रोक्ने चेतावनी दिएको छ। विद्यालयमा उपस्थित भएर विद्यार्थीलाई पढाउनुभन्दा विद्यार्थीकै अगाडी कक्षा कोठामै मोबाइल चलाएर बस्ने गरेको खबर स्थानीय तहमा आएकोले सियारी गाउँपालिकाले यस्तो चेतावनी दिएको हो।

रुपन्देही गोली प्रकरणः अनुसन्धानका लागि सिआइबी टोली आउँदै

रुपन्देहीको रोहिणीमा भएको गोली काण्डलाई नेपाल प्रहरीले विभिन्न कोणबाट सुक्ष्म अध्ययन गरिरहेको छ। जिल्ला प्रहरी प्रमुख आएकै दिन भएको घटनालाई लिएर प्रहरीले गर्नुपर्ने सबै बल लगाएर घटनालाई अनुसन्धान गरिरहेको छ।

टाइगर प्यालेसको सम्पत्ति रोक्का

रुपन्देहीको कोटिहवामा रहेको पाँच तारे होटल टाइगर प्यालेस रिर्सोटको सम्पूर्ण सम्पत्ति रोक्का भएको छ। सरकारी जग्गा मिचेर होटल निर्माण गरीएको भन्दै परेको पुरक निवदेनमा जिल्ला अदालत रुपन्देहीले आदेश जारी गर्दै होटलको सम्पूर्ण सम्पत्ति सहित शेयर खरीदि बिक्रि रोक्का गरीदिएको हो।

जथाभावी उत्खननमा स्थानीयको अवरोध

बस्तीलाई नै असुरक्षित हुने ठाउँमा बुटवल उपमहानगरले नदीजन्य पर्दाथ उत्खनन गर्न दिएको भन्दै स्थानीयले अवरोध गरेका छन्। बुटवल मोतीपुर रानीगञ्जका बस्तीलाई जोखिममा पार्ने गरि तिनाउ नदीमा उत्खनन गरिएपछि स्थानीयले विरोध गरेका हुन्।

रुपन्देहीमा औषधि उद्योगमा भिषण आगलागी

रुपन्देहीमा एउटा औषधि उद्योगमा आगलागी हुँदा करोडौको क्षति भएको छ। रुपन्देहीको ओमसतिया गाँउपालिकामा रहेको एसियन फार्मास्युटिकल प्रालिमा आगलागी हुँदा करोडौको औषधि तथा कच्चा पदार्थ जलेर नष्ट भएको छ।

‘झझल्काहरू’ पुस्तकको चर्चा

नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा भएको पुस्तक चर्चामा लेखक आचार्यले बुटवल भैरहवाको पञ्चायतकालीन पत्रकारिताको अवस्था, यहाँको भूगोल र समग्रमा देश बुझाउने सामग्री समावेश गरेको भन्दै प्रशंसा गरियो। १९९४ सालमा बाग्लुङमा जन्मिएका आचार्य बुटवलमै कर्मथलो बनाएर काम गरे।

रुपन्देही सचिव न्यापानेले भने, – ‘मर्यादाक्रम मिलेन राजीनामा दिएँ

प्रदेश ५ का सांसद रहेका न्यौपानेले पूर्वमाओवादी पोलिटब्यूरो सदस्य र एकतापछिको केन्द्रीय सदस्य भइसकेकाले सचिवमा बस्न नमिल्ने बताउँदै आएका थिए।

१ रनकाे राेमाञ्चक जित निकाल्दै महेन्द्रनगर डीपीएलकाे क्वालिफायरमा

धनगढी प्रिमियर लिग (डीपीएल) को इलिमिनेटर खेलमा १ रनको रोमाञ्चक जित निकाल्दै महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

अन्तिम खेलमा समेत हार्‍याे डिफेन्डिङ च्याम्पियन धनगढी

धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा समेत धनगढी स्टार्स पराजित भएको छ। अन्तिम खेलमा पराजयसँगै गत सिजनको च्याम्पियन यो सिजन जितविहीन हुँदै समूह चरणबाटै वाहिरिएको हो।

डीपीएलमा रुपन्देहीकाे लज्जास्पद हार

धनगढी प्रिमियर लिग (डीपीएल) मा रुपन्देही च्यालेन्जर्सले लज्जास्पद हार व्यहोरेको छ। डीपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देहीलाई १ सय रनले पराजित गर्यो। रुपन्देहीले लज्जास्पद हार मात्रै व्यहोरेन ब्याट्सम्यानले समेत निराशाजनक प्रदर्शन गरे।

सीवाइसी अत्तरीयाको लगातार दोस्रो जित, रुपन्देही ३९ रनले पराजित

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सीवाइसी अत्तरीयाले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। फाप्ला क्रिकेट मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा बसन्त रेग्मीको रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरीयाले दोस्रो जित निकालेको हो।

दिपेन्द्रसिंह ऐरीको अर्धशतकमा अत्तरीयाद्वारा रुपन्देहीसामु १२२ रनको लक्ष्य

धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा सीवाइसी अत्तरीयाले रुपन्देही च्यालेन्जर्सलाई जितका लागि १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्