५ मंसिर २०८१ बुधबार
image/svg+xml

ओलम्पिक टर्च पोखरामा

आइतबारबाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पूर्वसन्ध्यामा ओलम्पिक टर्च पोखरा आइपुगेको छ। सागको यो संस्करणमा काठमाडौं, पोखरा र जनकपुरमा खेल हुनेछ।

उपनिर्वाचनका लागि कास्कीमा तीन दिन विद्यालय बिदा

कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ।

ट्य्राकपछि फुटबल मैदान मार्किङ

पछिल्लो समय २५ हजार स्क्वायर दुबो आइपुगेको थियो। जसमध्ये आधाजसो दुबोलाई मैदानकै पूर्वतर्फ राखिएको छ। झन्डै ११ हजार स्क्वायर दुबो सञ्चित छ। सञ्चित दुबोलाई आवश्यकताअनुसार मैदानमा स्थापित गर्न सकिने गरी राखिएको कम्पनीले जनाएको छ।

१३औँ सागः पोखरामा ६ सय ६२ खेलाडी सहभागी हुँदै

१३ औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६ सय ६२ खेलाडी सहभागी हुने भएका छन्।

पोखराको विकास र समृद्धिको खाका तयार छः भट्टराई

कास्की निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराई अधिकारीले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको खाका तयार गरेको बताएकी छिन्।

पोखरा रंगशाला निर्माणको चटारो (फोटो फिचर)

पोखरा रंगशाला फुटबल मैदानको दायाँ वायाँ प्यारापिट जडान (ग्राण्डस्ट्याण्ड इन्स्टलेशन) सुरु गरिएको छ। आईतबार र सोमबार गरी १५ कन्टेनर सामान आईपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम सुरु भएको हो।

फेवातालमा बंगलादेशका राष्ट्रपतिको बोटिङ (फोटो फिचर)

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा पुगेका छन्। पोखरा पुगेका हमिदले फेवातालमा जलविहार गरेका छन्।

पोखरामा यसरी मनाईयो हरिबोधिनी एकादशी (फोटो फिचर)

आज हरिबोधिनी एकादशी मनाइएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन आज भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा पूजा गरिएको तुलसीलाई फूल मालाले सजाएर विवाह गरिन्छ। आज पोखराको सेती नदिमा पर्ने रामघाट, तुलसी घाटमा मेला लाग्दछ।

अन्नपूर्ण आरोहीका लागि उद्धार केन्द्र

वर्षेनी हजारौं पदयात्री पुग्ने अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा प्रविधियुक्त उद्धार केन्द्र (रेस्क्यू सेन्टर) स्थापना गरिएको छ। एबिसीको पदमार्गमा पुगेका पदयात्री र अन्नपूर्ण हिमालको आरोहणमा निस्केका आरोहीको सुरक्षाका लागि उद्धार केन्द्र स्थापना गरिएको हो।

मुग्लिङ–पोखरा सडक चार लेन बनाउन एडिबीको साढे २१ अर्ब

नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले मुग्लिन–पोखरा सडक स्तरोन्नतिका लागि एक सय ९५ मिलियन अमेरिकी डलर (करिब साढे २१ अर्ब रुपैयाँ) दिने भएको छ। यो अनुदान नभएर सहुलियत ब्याजको ऋण हो। एडिबीको नेपालस्थित कार्यालयका अनुसार मुख्य कार्यालय मनिलामा बुधबार भएको बैठकमा ऋण स्वीकृत भएको हो।

मुग्लिन–पोखरा सडक चार लेनको बनाइने

एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ।

महिला क्रिकेटः पोखरा पल्टनमाथि क्याट क्विन्स काठमाडौंको जित

क्याट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ।

एकाध भरिभराउ, अधिकांश सुनसान

चल्तिका केही होटलको अवस्था बलियो देखिए पनि अरु होटलले भने सिजनमा पनि पर्याप्त पाहुना पाएका छैनन्।

फुटबल मैदान निर्माण ५० प्रतिशत

पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि फुटबल मैदानको काम दसैंछेका नै सुरु गरिएको थियो।

रसुवा–पोखरा बस सेवा सुरु

रसुवादेखि पोखरासम्म जानका लागि सवारी परिवर्तन गर्नुपर्ने समस्या हटेको छ। मंगलबारदेखि धुन्चेदेखि पोखरासम्म जाने बस सेवाको सुरुवात गरिएसँगै समस्याको समाधान भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्