६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सार्वजनिक यातायात विद्युतीयमा रूपान्तरण गर्न कति सहज?

पछिल्लो समय नेपाली अटो बजारमा विद्युतीय सवारी (इभी) भित्रिरहेका छन्। स्वदेशमै विद्युत्को खपत बढाउने र वातावरण प्रदूषणरहित बनाउन सरकारले पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिँदै आएको छ।

‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्।

विद्युतीय सवारी साधनमा आकर्षण

सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति र आवश्यक चार्जिङ स्टेसनलगायतका पूर्वाधार तयार भएसँगै विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै आइरहेको छ।

बेलकामा पनि चार्जिङ स्टेसन

नेपाल विद्युत् प्राधिकरणले देशभर स्थापना गरिएका ५१ चार्जिङ स्टेसनको गतसाता एकैदिन उद्घाटन गरेसँगै बेलकाको स्टेसन पनि सञ्चालनमा आएको हो।

प्राधिकरणपरिसरमा विद्युतीय चार्जिङ स्टेसन

प्राधिकरणको परिसरमा जडान गरिएको चार्जिङ स्टेसनको लागि सबै पूर्वाधारको लागि करिब ८० लाख रुपैयाँ लागेको छ । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिनेछ।

हुन्डाईले ४० ठाउँमा चार्जिङ स्टेसन खोल्यो

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेसन व्यापक विस्तार गर्ने भएको छ।

विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का सम्झौता

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए। उनले हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिने जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्