२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्लिसकोभासँग सेरेना स्तब्ध

कीर्तिमानी उपाधिको दौडमा रहेकी अमेरिकी स्टार सेरेना विलियम्सलाई स्तब्ध बनाउँदै चेक रिपब्लिककी कारोलिना प्लिसकोभा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन्।

सिमरा गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

रुस्लान थ्री स्टारले सिएमजी संकटा क्लबलाई २–० ले पराजित गर्दै सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा भएको मंगलबारको खेलमा थ्री स्टारका विदेशी खेलाडी फोफना फोडे र सुसन श्रेष्ठले समान १–१ गोलको योगदान गर्दै आफ्नो टिमलाई अन्तिम चारमा पुर्याए।

प्रदेश नं. ७ सेमिफाइनल प्रवेश

प्रदेश नं. ७ सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। लिगचरणका खेल सकिएसँगै प्रदेश नं. ७ सेमिफाइनलमा प्रवेश गरेको हो। समूहचरणअन्तर्गत बुधबारको अन्तिम खेलमा पराजित भए पनि रनरेटका आधारमा नतिजा आफ्नो पक्षमा पार्दै प्रदेश नं. ७ सेमिफाइनल पुग्ने चौथो टोली बनेको हो।

खप्तड गोल्डकप : संकटा सेमिफाइनलमा

क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले पराजित गर्दै सिएमजी क्लब संकटा बुधबार धनगढीमा जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सयौं दर्शकले भरिएको धनगढी रंगशालामा खेलको दोस्रो मिनेटमै संकटाले अग्रता लिएको थियो।

खप्तड गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

खेलको अन्तिम समयमा गोल गर्दै थ्री स्टार क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा थ्री स्टारले च्यासल युवा क्लबलाई १–० ले पराजित गरेको हो।

लिग च्याम्पियन पुलिससँग स्तब्ध

निरकुमारको गोलमा सहिद स्मारक लिग च्याम्पियन मनाङलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब धनगढीमा जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत आइतबार सेमिफाइनल प्रवेश गरेको छ । खेलको ६८ औं मिनेटमा पुलिसका नीरकुमार राईले गरेको गोल नै पुलिसको जितका लागि पर्याप्त भयो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई नीरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहार गर्दै गोल गरेका थिए ।

खप्तड गोल्डकप : काँकडभिट्टा सेमिफाइनलमा

धनगढीमा जारी खप्तड गोल्डकपमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर एपिएफलाई २–१ ले स्तब्ध बनाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

न्यु डायमन्ड कप महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

दोस्रो होङ वान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। नैकापस्थिति न्यु डायमन्डको कोर्टमा भएको खेलमा न्यु डायमण्ड एकेडेमी, टप्स उच्च मावि र विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिमा चारमा स्थान बनाएका हुन्।

ब्वाइज युनियनलाई स्तब्ध पार्दै दार्जिलिङ सेमिफाइनलमा

करन राईको दुई गोलप्रेरीत रोयल फुटबल क्लब दार्जिलिङ बिहीबार फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश

त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ। समुह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा

साविक विजेता म्यानचेष्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सिटीले मंगलबार राति सम्पन्न क्वाटरफाइनल खेलमा लेस्टर सिटीलाई ट्राइबेकरमा ३–१ ले पराजित गर्यो।

पोखरा प्रिमियर लिग सेमिफाइनलः काठमाडौं ९४ रनमा अलआउट

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको सेमिफाइनलमा काठमाडौं रोयल्सले चितवन राइनोजलाई जितका लागि ९५ रनको सामान्य लक्ष्य दिएको छ।

साफ यु–१५ च्याम्पिनसिपः उपाधि लक्ष्यमा अघि बढ्ने नेपालको चाहना

बिहीबार सेमिफाइनलमा प्रतियोगिताकै बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दा नेपाल सुखद नतिजाका साथ यु–१५ साफ च्याम्पिनसिपको उपाधि जित्ने लक्ष्यमा थप एक कदम अघि बढ्न चाहन्छ।

सेमिफाइनल समीकरण पूरा

यहाँ जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको समूहचरणको खेलबाट तीन विभागीय टोलीसँगै प्रदेश नम्बर ५ सेमिफाइनल प्रवेश गरेको हो।

सेमिफाइनल समीकरण पूरा

आधीआवादी एनभिए महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा एपिएफले न्यु डायमन्ड क्लबसँग खेल्ने तय भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्