१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

लोकमान विरुद्धको महाभियोग संसदले अगाडि बढाउनुपर्छः भट्टराई

नयाँशक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले अख्तियार प्रमुख लोकामान सिंह कार्कीलाई महाअभियोग लगाउने बिषय उठिसकेपछि सार्वभौम संसदले अघि बढाउनु पर्ने बताएका छन्। राजनीतिक कदलका नेता आँफै भ्रष्टाचारमा संलग्न भएकाले लोकमकानलाई महाभियोग लगाउने विषयमा मौन बसेको उनको भनाइ थियो।

डा. केसी सडकपछि संसद् जाने

१६ दिन लामो अनशनबाट नतंग्रिँदै डा. गोविन्द केसीले सडकमा ओर्लिएर सरकार र संसद्लाई खबरदारी गर्ने भएका छन्। अनशनपछि मेडिकल वार्डमा उपचाररत डा. केसीले शनिबार ११ बजे माइतीघरमा हुने भ्रष्टाचारविरोधी र्‍यालीमा सहभागी हुने बताए।

लोकमानबारे सभामुखले संसद्मा बहस चलाउनुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले डा. गोविन्द केसीले उठाएका मागलाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितको विषयलाई छलफल गराउनुपर्ने भन्दै व्यवस्थापिका–संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि संसदीय सुनुवाइ सुरु

काठमाडौं- सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ सुरु भएको छ। आज विहानबाट सिंहदरबारमा सुनुवाइ सुरु भएको हो।

बाधा अड्काउ फुकाउ आदेश संसदबाट पारित

काठमाडौं- व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले पारित गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन्।

संसदमा मावध नेपालले दिए भावुक मन्तव्य

नेकपा एमाले नेता तथा पूर्वप्रधामन्त्री माधव नेपालले सँधै प्रधानमन्त्रीको म्युजिकल चियरमा रुमल्लिएर देश नबन्ने बताएका छन्। संसदमा सरकारको अविस्वासको प्रस्तावको छलफलमा भाग लिँदै नेता नेपालले नेपाली नेता तथा दलमा समग्र राष्ट्रलाई कसरी अगाडि लाने भन्दा पनि आफ्नो दलगत तथा व्यक्तिगत स्वार्थबाट अगाडि बढ्न नसकेको बताए। उनले भने, ‘संविधानसभाका उपलब्धिलाई समाप्त पार्दै देशमा एक जटिल अवस्थामा लाने खेल भैरहेको छ। २०७४ माघ ७ सम्ममा संविधानलाई कार्यान्वयन नगर्ने षड्यन्त्र भैरहेको छ। देशलाई आर्थिक गती दिन र संविधान कार्यान्वयनकालागि सबैमा आपसी सहमतिको खाँचो रहेको छ।’

संसद बैठक शनिबार ११ बजे बस्ने

काठमाडौं- ब्यवस्थापिका संसद बैठक शनिबार ११ बस्नेगरी स्थगित भएको छ। शुक्रबारको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट आश्रित विधेय र सरकार विरुद्धको अविश्वासको प्रस्ताव माथि छलफल भएको थियो।

संसद बैठक सुरु

काठमाडौं- दलहरुबीच संसदको कार्यसुचीमा सहमति भएपछि संसद बैठक सुरु भएको छ। शुक्रबार २ बजे बोलाइएको संसद बैठक स्थगित हुँदै अहिले बसेको हो।

लोकमानसिंह सहित सबै अख्तियार आयुक्तलाई संसदीय समितिमा उपस्थित हुन निर्देशन

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित सबै अायुक्तहरुलाई संसदको सुशासन तथा अनुगमन समितिले उपस्थित हुन निर्देशन दिएको छ। शुक्रबार बसेको समिति बैठकमा अख्तियार प्रमुख कार्कीले शक्ति र पदको चरम दुरुपयोग गरी मेडिकल माफियाको संरक्षक बनेको विषय गम्भीरतापूर्वक उठेको थियो।

लोकमान कार्कीमाथि महाभियोग मुद्दा संसद्‍मा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग माग छलफलका लागि संसद् पुगेको छ। १२ दिनदेखि टिचिङ अस्पतालमा आमरण अनशनरत डा. गोविन्द केसीले उठाएका प्रमुख आयुक्त कार्कीमाथि महाभियोगलगायत मागमा तत्काल छलफल प्रारम्भ गर्न व्यवस्थापिका संसद्का तीन संासदले बिहीबार सचिवालयमा 'जरुरी सार्वजनिक महŒवको प्रस्ताव' दर्ता गराएका हुन्।

हटेन संसद् अड्चन

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनपछि मात्र नयाँ सरकार गठन हुनसक्ने अडान दोहोर्‍याएपछि दलीय सहमतिमा व्यवस्थापिका संसदको बैठक सञ्चालन गर्ने बिहीबारको सबै प्रयास असफल बनेको छ।

अख्तियार प्रमुखलाई महाअभियोग लगाउने विषय संसद प्रवेश

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्त भएदेखि पद र शक्तिको दुरुपयोगका कारण विवादित बन्दै आएका लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय अन्ततः संसद प्रवेश गरेको छ।

गगन थापाद्वारा केसीका माग छलफल गर्न संसदमा प्रस्ताव दर्ता

काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीले उठाएका मागमाथि छलफल गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

संसद बैठक दोस्रो पटक स्थगित, भोलि २ बजे बस्ने

वजेट अाश्रित विधेयक पहिला पारित गर्ने एमालेकाे प्रस्तावमा कांग्रेस- माअाेावादीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने शर्त राखेकाा छन्। कांग्रेस- माअाेवादीकाे शर्तका विषयमा एमालेले पार्टीमा छलफल गरेर जवाफ दिने बताएपछि अाज दुई बजेलाई बाेलाइएकाे बैठक भाेलि २ बजेसम्मा लागि स्थगित गरिएकाे छ।

संसद बैठक दुई बजेसम्मका लागि स्थगित

बिहीबार ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संसद बैठक आजै दुई बजेसम्मका लागि स्थगित गरिएको छ। दलहरुबीच सहमति प्रयास भइरहेको भन्दै संसद बैठक दुई बजेसम्मका लागि स्थगित गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्