४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखराको चालु विमानस्थलको भविष्य के?

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा पुगेको छ। कुनै बाधा अवरोध उत्पन्न नभए अबको केही महिनापछि अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनेछ। नयाँ विमानस्थलबाट उडान र अवतरण सुरु भएसँगै हाल संचालनमा रहेको विमानस्थल के गर्ने भन्नेमा बहस सुरु भएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक असम्भव

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा हुँदै आएको प्याराग्लाइडिङ उडान के हुने भन्नेमा दोधार भईरहँदा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक सम्भव नहुने स्पष्ट पारेको छ। प्राधिकरणको भनाईपछि प्याराग्लाइडिङ व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आएको छ।

पोखराको चालु विमानस्थल नबिगारौं, कुनैपनि बेला काम लाग्न सक्छ

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ। अबको केही समयमा विमानस्थल संचालन हुँदा अल्ट्रालाइट कम्पनिको भविश्य के हुने भन्नेमा अन्योल छ।

उपमेयर फुटबलबाट बाहिरियो पोखरा

पोखरा उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट बाहिरिएको छ।

एमाले पोखरा महानगर कमिटीः अध्यक्षमा न्यौपाने, सचिवमा आचार्य

नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दीलिप न्यौपाने चयन भएका छन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः चरालाई ठाउँ खोई?

पोखराका हालको ल्याण्डफिल साइट सार्न ढिला गर्ने हो भने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु हुँदाको बखत चराको जोखिम बढ्ने विज्ञहरुको भनाई छ । चरालाई ‘डाइभर्ट’ गर्न पर्याप्त समय लाग्ने भएपनि विमानस्थल संचालनको तयारी भईरहँदा चराको बासस्थान सार्नेबारे वेवास्ता गरिएको उनीहरुको भनाई छ।

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने निर्णय विरुद्ध स्थानीयको विरोध

पोखराको ल्याण्डफिल साइट पोखरा महानगरपालिका–१६ र २० को बीचमा पर्ने पस्मराङमा सार्ने निर्णयबिरुद्ध स्थानीयबासी आन्दोलित भएका छन्। महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साइट सार्नु घातक हुने भन्दै उनीहरुले आन्दोलन थालेका हुन्।

आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ’

'अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या राम्रो छ यसले प्याराग्लाइडिङ व्यवसायीलाई उत्साहित बनाएको छ।' उनले भने। गत वर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि यो वर्ष भने छुट दिन नसकेको उनको भनाइ छ।

पोखराको ‘ल्याण्डफिल साइट’ पस्मराङमा सारिने

पोखरा महानगरपालिकाले हालको ल्याण्डफिल साइट महानगरपालिकाको उत्तरपूर्वी क्षेत्र पस्मराङमा सार्ने भएको छ। महानगरपालिकाको हालै बसेको कार्यपालिका बैठकले हाल पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पोखरा–१६ र २० को बीचमा पर्ने पस्मराङमा सार्ने निर्णय गरेको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः समस्या ज्यूँ का त्यूँ, संचालनको चटारो मात्र

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने तालुकदार निकायदेखि तलसम्मका समस्या ज्यूँ का त्यूँ छन्। ती समस्या समाधान नभएसम्म उडान सम्भव नभएको जानकारहरु बताउँछन्। लामो समयदेखिका कतिपय समस्या समाधानमा तदारुकता नदेखिएको गुनासो व्याप्त छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः आन्तरिक हवाई कम्पनी तयारीमा जुट्दै

पोखरा–मुग्लिन सडक विस्तार सुरु भएपछि स्थलमार्गको यात्रा झन्झटिलो र सकसपूर्ण हुने भएकोले हवाई यात्रालाई सहज बनाउनुपर्ने भन्दै निजी हवाई कम्पनीले निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ढिला नगरी संचालनमा ल्याउनुपर्नेमा जोड दिँदै आएका छन्।

खेलकुद पूर्वाधार संरक्षणमा चुनौति

कास्की जिल्लामा खेलकुदका धेरै पूर्वाधार थपिएका छन्। पोखरा रंगशालाभित्रै राष्ट्रिय खेलकुद परिषदले अर्बौ रुपैयाँ लगानी गरेकोछ । भिन्दाभिन्दै खेल संघहरुले पनि पूर्वाधार निर्माण गरेका छन्। कतिपय पूर्वाधार संघ र परिषद बीच साझेदारीमा बनेका छन्।

पोखरामा च्यांग्रा मेला (फोटोसहित)

हिमाली जटिबुटी खाएर हुर्केका च्यांग्रा पाएसम्म उपभोक्ताले अरु खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौ च्यांग्रा पोखरामा केहीदिनको अन्तरमा किनबेच हुन्छ।

विमानस्थलको समस्या समाधान गर्न प्रधानमन्त्री देउवा प्रतिवद्ध

सोमबार निर्माणाधिन विमानस्थलको अवलोकनमा पुगेका देउवालाई आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्मको प्रगति र समस्याकाबारेमा जानकारी गराए।

तीन महिना पछि काममा फर्किए पोखरा महानगरका मेयर

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कार्यबाहक प्रमुखको जिम्मेवारी उपमेयर मन्जुदेवी गुरुङलाई दिएका छन्। महानगर प्रमुख जिसीले उपप्रमुख गुरुङलाई आफू कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा जिम्मेवारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्