पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल
भारतीय र चिनियाँ फिल्मको कथ्य चरित्रमाथि बहस चलाउँदै नेपाली फिल्मको कथ्य खोज्न आगामी माघ १९ गतेदेखि पोखरामा चार दिने ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)’ आयोजना हुने भएको छ । स्वदेशी तथा विदेशी छोटा र फिचर फिल्मको प्रदर्शनसँगै फिल्मका १० विषयमा बहस चल्ने फेस्टिभलमा ३० भन्दा बढी देशका फिल्मको सहभागिता हुनेछ ।