४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

इपीएलमा भैरहवा–चितवन र ललितपुर–पोखरा भिड्दै

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर भिड्नेछन्। खेल बिहान ९ बजे सुरु हुनेछ।

त्यस्तै दोस्रो खेल दिउँसो १२ः४५ पछि ललितपुर प्याट्रियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। इपीएलमा लिग चरणका खेलहरु आजबाट सकिनेछन् भने प्लेअफ र क्वालिफायरमा पुग्ने अन्य टोलीको टुंगो पनि लाग्नेछ। 

पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले इपिएलको क्वालीफायरमा ठाउँ पक्का गरिसकेको छ।

विराटनगरले लिग चरणमा आफूले खेलेका सबै ५ खेलमै सतप्रतिशत नतिजा निकाल्दै १० अंक जोडेर लिग चरणमा पुग्न सफल भएको हो। ४ खेल खेलेका ललितपुर प्याट्रियस र चितवन टाइगरको २ तथा ५ खेल खेलेको काठमाडौंको पनि २ अंक नै छ। ४ खेलबाट भैरहवाको ६ र पोखराको ४ अंक छ।

 

प्रकाशित: ११ पुस २०७४ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App