५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

काठमाडौंविरुद्ध पोखरा ६ विकेटले विजयी

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा प्रतियोगितामा पोखरा राइनोजले काठमाडौं किङ्स ११ लाई ६ विकेटले पराजित गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा  काठमाडौं किङ्स ११ ले दिएको ९९ रनको सामान्य लक्ष्य पोखरा राइनोजलले १८.२ ओभरमा ४ विकेट गुमाइ पुरा गर्‍यो।

 पोखरा राइनोजलाई विजय दिलाउन इसरुल्लाहले अविजित ४५ रन बनाए । उनले ४८ बलमा ३ चौका र २ छक्का सहित ४५ रन बनाए। 

त्यस्तै सुनिल धमलाले २० र कप्तान शक्ति गौचनले अविजित १८ रन बनाए ।  यसअघि टस हारेर पहिला ब्याटिङ् गरेको काठमाडौं किङ्स ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ ९८ रन मात्र बनाउन सक्यो।

काठमाडौंका लागि सागर पुनले सर्वाधिक ३६ रन बनाए। त्यस्तै राजु रिजालले २९ बलमा १७ र सोमपाल कामीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रनको स्कोर छुन सकेनन्। 

काठमाडौंलाई ९८ रनको सामान्य स्कोरमा समेटन पोखराका लागि बिक्रम सोभ, सुसन भारी र कप्तान शक्ति गौचनले  २–२ विकेट लिदा,ताज वली र इसरुल्लाहको नाममा पनि १–१ विकेट रह्यो। 

प्रकाशित: ७ पुस २०७४ ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App