१५ मंसिर २०८१ शनिबार
image/svg+xml

आगलागीमा परी एकको मृत्यु

चन्दननाथ नगरपालिका ४ मालाभीड गाउँमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। घर नजिकैको शौचालयमा राखिएको दाउरा र पिरलमा आगलागी हुँदा ४२ वर्षका लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु भएको हो।

चिसोबाट सप्तरीमा एकको मृत्यु

पछिल्लो केही समयदेखि तराईमा बढेको शीतलहरका कारण सप्तरीमा एक व्यक्तिको आइतबार मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–२ बरमझियाका ५५ वर्षीय बेचन शेख रहेको प्रहरीले जनाएको छ।

जाडोका कारण रौतहटमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

अत्यधिक जाडोका कारण रौतहटमा आइतबारसम्म पाँचजनाको मृत्यु भएको छ। शनिवार राती सुतेकै अवस्थामा ओछ्यानमै कठांग्रिएर दुईजनाको मृत्यु भएसँगै जाडोले मृत्यु हुनेको संख्या पाँच पुगेको हो।

प्रहरी हिरासतमै आरोपीको मृत्यु

झापाको गौरीगञ्जको इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना आरोपीको मृत्यु भएको छ।  सार्वजनिक मद्दाका आरोपी गौरीगञ्ज गाँउपालिका– ३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादव मृत फेला परेका हुन्। यादवको शव विहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

चिसोले एक बालकसहित तीन जनाको मृत्यु

पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ। अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो।

चिसोबाट दुई जनाको मृत्यु

विगत चार-पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका-८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका सहचालकको आज दिउँसो मृत्यु भएको छ।

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ को  मृत्यु

गत एक सातादेखि जाजरकाेटको विकट गाउँमा फैलिएको रुघाखोकी र भइरल ज्वरोका कारण  ५ बालबालिकासहित  ९ जनाको मृत्यु भएको छ।

घरमूलीको मृत्युमा छाडिन्छ जग्गामा ढिस्को

उपत्यकाका केही नेवार समुदायले भोगचलन गर्ने जग्गाको बीच भागमा माटोका अग्गा चुचुरा राखिएका हुन्छन् । खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदै जाँदा पनि धेरै ठाउँमा यस्ता माटोका ढिस्का त्यत्तिकै राखिएका हुन्छन् ।

कठ्यांग्रिएर मधेसमा ९ को मृत्यु

पूर्वी तराईमा शितलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक साताको अवधिमा नौजनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ६ सप्तरीका र तीनजना रौतहटका छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरले केही दिनयता तराई–मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् ।

ट्याक्टरकाे ठक्करबाट एक बालिकाको मृत्यु

रुकुम पूर्वमा ट्र्याक्टरको ठक्करबाट एक बालबालिकाको मृत्यु भएको छ।  जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–६ रुकुमकोटमा ट्र्याक्टरको ठक्करबाट सोही ठाउँकी छ वर्षीया हिसिला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी ८१ वर्षीय वृद्धको मृत्यु

पाँचथरको हिलिहाङ गाउँपालिका १ अमरपुरमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । घरमा लागेको आगोमा परी ८१ वर्षीय नरबहादुर थुलुङ राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

पिकअपबाट खसेर एकको मृत्यु

तेह्रथुमदेखि धनकुटातर्फ जाँदै गरेको पिकअपबाट खसेर एक युवाको मृत्यु भएको छ।  मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का १७ वर्षीय दासाङकुमार तामाङ रहेका छन्। बिहीबार राति ९ः३० बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको जिल्ला अस्पताल धनकुटा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्