१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कपनका वडा अध्यक्ष भन्छन्- कामनपाले भत्कायो मात्र बनाएन, सास्ती जनताले बेहोर्नुपर्यो

काठमाडौं महानगरपालिकाले चकुन्चा खहरेखोला खोल्न जति तदारुकता देखाएको थियो त्यसको व्यवस्थापनमा बेवास्ता गर्दा कपनको मिलनचोक र साततले क्षेत्रमा बाढी पसेको बुढानिलकण्ठ नगरपालिका-१० का वडा अध्यक्ष नवराज भट्टराईले आरोप लगाएका छन्।

जमलमा साततले राष्ट्रिय पुस्तकालय बन्ने

नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापनका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले जमलमा रहेको त्रिभुवन विश्वविद्यालयको ८ रोपनी जग्गा राष्ट्रिय पुस्तकालयलाई हस्तानान्तरण गरेसँगै विवाद सुरु भएको थियो। त्रिविले आफ्नो जग्गामा व्यापारिक योजनासहितको सपिङ कम्प्लेक्स बनाउने तयारी गरेको थियो भने अर्को तर्फ पुनर्निर्माण प्राधिकरणले रानीपोखरी विस्तार गर्न त्रिचन्द्र कलेज र पुस्तकालय दुवै जमलमै सार्ने निर्णय गरेको थियो।

धराप ढलमा बालक बेपत्ता, जिम्मेवार को ?

कपन क्षेत्रमा मंगलबार राति आठ बजेतिर मुसलधारे वर्षा भएको थियो। काठमाडौं महानगरपालिका–१२ र बुढानीलकण्ठ– १२, कपनको सिमानामा पर्ने ग्राभेल बाटोमुनिको खहरे खोलाको पानी पठाउन बिछ्याइएको ह्युम पाइप (ढल) मा खसेर धनमायाका १० वर्षीय नाति उज्ज्वल बेपत्ता भएका छन्।

अझै टेकोकै भरमा साततले दरबार

नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले नुवाकोटमा नौतले दरबार बनाए। १९९० सालको भूकम्पले त्यसलाई भत्कायो। त्यसपछि बनेको साततले दरबार चार वर्षअघिको विनाशकारी भूकम्पका कारण ढल्किएपछि अहिले टेकोमा अडिएको अवस्थामा छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्ने सम्झैता भए पनि सो दरबारको अझै पुननिर्माण सुरु भएको छैन।

‘साततले दरबार पुनर्निर्माण फागुनपछि’

बाहिरी जिल्लाका बासिन्दा नुवाकोट प्रवेश गरेपछि साततले दरबार नपुगी के फर्किनु भन्छन् र जान्छन्। दरबारको ढोका अगाडि नै लेखिएको छ– भूकम्पबाट क्षतिग्रस्त उक्त साततले दरबारको विस्तृत अध्ययन अनुसन्धानसहित पुनर्निर्माणको क्रममा रहेको र दरबारको माथिल्लो भागबाट झिँगटी, इँटा, काठ खसेर चोटपटक लाग्ने धेरै सम्भावना हुँदा दरबार परिसरको वरिपरि हिँड्डुल गर्दा थप सतर्कता अपनाइदिनुहुन अनुरोध गरिन्छ।’

नयाँ वर्ष पछि चीनले साततले दरवारको पुनर्निर्माण थाल्ने

बाहिरी जिल्लाका पर्यटक नुवाकोट प्रवेश गरेपछि साततले दरवार नपुगी के फर्किनु भन्छन् र जान्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्