२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पत्रकारितामा शुद्धीकरण आवश्यक छ: अध्यक्ष पोखरेल

पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारितामा शुद्धीकरणको आवश्यकता रहेको बताएका छन।

साविक विजेता अस्ट्रेलिया न्युजिल्यान्डसँग स्तब्ध

आयोजक एवम् साविक विजेता अस्ट्रेलियामाथि भ्रमणकारी टोली न्युजिल्यान्डले शनिबार ८९ रनको जित निकाल्दै ट्वान्टी-२० विश्वकपको सुपर १२ मा सुखद सुरुआत गरेको छ।

दश शारीरीक अशक्तसहित ६० इजरायली पदयात्रीको टोली अन्नपूर्ण ट्रेलतर्फ प्रस्थान

‘उनीहरुको सहयोगमा इपिएसए नेपाल (अपाङता केन्द्र नेपाल) को प्रतिनिधिहरुले पनि यस अभियानमा साथ दिएर सँगै जानु भएको छ,’ अधिकृत जोशीले भनिन् ‘इजरायल र नेपालको निकै पुरानो सम्बन्ध छ। यसले पनि वर्षेनी सयौंको सख्यामा इजरायलीहरु नेपाल भ्रमणमा आउने गर्नु भएको छ।’

अस्ट्रेलिया इङ्ल्यान्डसँग स्तब्ध

ट्वान्टी–२० विश्वकप नजिकिँदै गर्दा इङ्ल्यान्डले आइतबार अस्ट्रेलियालाई उसैको घरेलु मैदानमा पहिलो ट्वान्टी–२० खेलमा स्तब्ध बनाएको छ।

बेलायतको रेल सेवामा आन्दोलन सुरू, सेवा प्रभावित

रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो। उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन्।

विश्व बैंकका अर्थशास्त्री भरेला भन्छन्: नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब

नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको विश्व बैंकका एक अर्थशास्त्रीले बताएका छन्।

‘मुलुकको समृद्धि र विकास निर्वाचनको मुद्दा हो’

नेता पोखरेलले मुलुक निर्वाचनमा होमिएकाले सञ्चारमाध्यमले सही विषयलाई सही र गलत विषयलाई गलत नैरूपमा विश्लेषण गर्नुपर्ने बताए।

मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख गुरुङ

विकास निर्माण र समृद्धिको अभियानमा प्रदेशसभामा सबै दलको आपसी सहयोग रहेको बताउँदै उनले भने, 'निर्वाचनपश्चात बन्ने प्रदेशसभा र सरकारलाई काम गर्ने वातावरण बनेको छ।'

गठबन्धन सरकारको कुनै गन्तव्य छैनः ईश्वर पोखरेल

शुक्रबार काठमाडौँमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए।

राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ: ईश्वर पोखरेल

काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताएका हुन्।

केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्ः ईश्वर पोखरेल

‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन। केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्। केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन्।’

आफ्नै स्रोतले रेलमार्ग निर्माण गर्न सकिँदैन : मन्त्री राई

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालले आफ्नै स्रोतसाधन र खर्चमा पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन्।

भविष्यको प्रधानमन्त्री ओली की देउवा, मंसिर ४ मा जनमत संग्रहः महासचिव पोखरेल

‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन। भविष्यको प्रधानमन्त्री को हो? भन्न सक्दैन ५ दलीय गठबन्धन। अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन। जति धेरै राजनीतिक दलहरु, त्यति धेरै नीतिगत विचलन, जति धेरै राजनीतिक दलहरु त्यति धेरै राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि अब राजनीतिक ध्रुवीकरण जरुरी छ।'

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति

समितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको गृहमन्त्रालयले जनाएको छ।

नागरिकताको विषयलाई गठबन्धन र एमालेले राजनीति गरेः सिपी गजुरेल

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्