७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बस्दै

बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरुले तयार पारेको कार्यविधिमाथि छलफल हुनेछ।

घ्युखोलामा यात्रुबस पल्टिँदा २९ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

नेकपा एसको पोलिटब्यूरो बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने छ।

सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौँ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताएका छन्।

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन्।

देशको विकास र समृद्धिमा ऊर्जा क्षेत्रबाट योगदान दिन्छौँः मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिको लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताएका छन्।

सीमाको भूमि जोगाउन पहल गर्छु : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन्।

स्वास्थ्यमन्त्रीबाटै ‘सेतो कोट’को अपमान!

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पदभार समालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सरकारी अस्पताललाइ स्वास्थ्यकर्मीसमेत सेतो कोटमा उपस्थित हुनुपर्ने पत्र पठाएर आचारसंहिताविपरीत काम गरेको भन्दै आलोचना भइरहेको छ।

‘पैसा नभएर कोही पनि मर्नु पर्दैन’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताएका छन्।

‘अनागरिक’ डोममाथि ज्यादती

गत वर्ष पुसको घटना हो यो। जाडोयाम भएकाले जसोतसो आगोबाट झुपडीबाट आगो फैलन जोगाएको उनले बताइन्। भरवलिया डोम बस्तीका मानिसहरूले छुवाछूतका नाममा बारम्बार गाउँवासीबाटै यस्ता अत्याचारको सिकार बन्नुपरेको उनको भनाइ छ।

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको तोत्से हलमा बस्न लागेको नेपाली कांग्रेसले जनाएको छ।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।

विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताएका छन ।

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँः मन्त्री बस्नेत

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन्।

अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्