८ असार २०८१ शनिबार
image/svg+xml
समाज

नेपालको ९८ प्रतिशत क्षेत्रमा विद्युत पुग्योः मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उर्जामा नेपाल पूर्ण रुपमा आत्मनिर्भर तर्फ अगाडि बढेको बताएका छन्। आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सुख्खा याममा पनि प्रयाप्त उर्जा उत्पादनका लागि क्षमता विस्तार गरिरहेको बताए ।

 उनले भने, ‘हामी पचास प्रतिशतबाट ९८ प्रतिशतमा क्षेत्र विस्तार गरिरहेका छौं,आगामी दिनमा पूर्ण रुपमा आत्मनिर्भर हुँदैछौं । उनले प्रशारण र वितरण प्रणालीलाई सुधार गर्दै लागिएको बताए । वर्षामा विद्युतबढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ । उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको उनको भनाइ छ ।

उनले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने समेत दावि गरेका छन् । ‘औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ । सम्झौतापछि कार्यान्वयनमा जान्छ’–उनले भने ।  

उनले सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युतमा आत्मनिर्भर हुन लागेको बताए । नीतिगत र कानुन सुधारका काम भइरहेको बताए ।

प्रकाशित: ५ भाद्र २०८० ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App