१९ आश्विन २०८१ शनिबार
image/svg+xml

चुनाव नलड्ने भट्टराईको घोषणा

सोमबार भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएका हुन्।

नेकपा एमाले म्याराथन दौडिने पार्टी हो: अध्यक्ष ओली

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे। अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन, म्याराथन दौडिने पार्टी हो।’

समायोजित सेनाको मागप्रति सकारात्मक छु: अध्यक्ष दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन्।

त्यति सहजै चुनाव जित्नेवाला छैनौं, हामी को को बढारिन्छौं भन्न सकिन्नः भट्टराई

‘यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला, तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं। हामी को-को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन।’

गठबन्धनको राजनीतिप्रति नकारात्मक हुनुपर्ने अवस्था छैन: नेता खनाल

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब पनि नेपालमा गठबन्धनको राजनीतिक लामै समय रहने जिकीर समेत गरे।

सत्तापक्षबाट लतारिएर नचल्न ओलीले गराए निर्वाचन आयोगलाई सजग

‘सरकारको बारेमा त मैले केही भन्नु पर्दैन। मंसीर ४ गते जनताले सरकारलाई जवाफ दिनेछन्। गठबन्धनलाई जवाफ दिनेछन्। अरु निकायहरु जसलाई जनताले त्यसरी जवाफ दिन मिल्दैन।'

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा राजनीतिक आग्रह-पूर्वाग्रह नराख्न प्रचण्डको चेतावनी

‘संक्रमणकालीन न्यायको विषय हामी सबैको चासो, सरोकार र चिन्ताको विषय हो। हुनुपर्छ पनि। यो पक्ष, विपक्षको कुरा होइन। पछिल्लो समय मान्य मन्त्रीजीले धेरै नै मिहेनत गरेर कुरा गर्नुभएको छ। मैले सम्माननीय राष्ट्रपतिजीसँग पनि यो विषयमा राष्ट्रिय सहमति बनाएर टुंगोमा पुग्नुपर्छ र यसमा अरु पोलिटिक्स नछिरोस्।'

बालेन : ‘डन’ कि ‘वेलडन’

अल्फाबिटाका सञ्चालक द्विराज शर्माले बालेनलाई ‘डन’ भनेकै दिन बिहीबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पार्किङमा बनाइएका संरचना भत्काउने क्रममा साहले नक्सा देखाउँदै गरेको तस्बिर राखेर ‘वेल डन’ भन्दै ट्विट गरे।

गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेनः ओली

उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्शाको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्शालाई समस्या नै नमानेको आरोप लगाए। अध्यक्ष ओलीले गठबन्धन सकरारले आफ्नो जमिन फिर्ता लिन्छौँ भन्न नसक्नु लाजमर्दाे भएको समेत बताए।

भ्रष्टाचार कसुरमा मलेसियाका पूर्वप्रधानमन्त्री जेलमा

मलेसियाको उच्च अदालतले करोडौं भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकेको छ।

अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको आरोप

एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षीय पूर्वप्रधानमन्त्रीले चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एकराष्ट्र दुई प्रणालीअन्तर्गत स्वतन्त्र छाडेको बताउँदै समस्यारहित ताइवानमा अमेरिकाले युद्धका निम्ति उकासेको तर्क गरे।

सरकारबाट स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम भइरहेको छः ओली

‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ। यसलाई त मेडिकल हव बनाउनुपर्ने हो। मेडिकल एजुकेशन हव बनाउनुपर्ने हो। उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई। यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ।'

आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने हो: अध्यक्ष ओली

‘चाहिएको बेला उत्तानो पारेर पछार्ने हो र निर्वाचन आयोगलाई भन्ने हो– ढ्याप, ढ्याप, ढ्याप पार भनेर ।’,उनले भने।

एमालेलाई ढाल्न प्रचण्ड र माधव काँग्रेसको बिँड बनेका छन्ः ओली

'अनि अरु रुखहरुले सोधे–किन यसरी आँशु खसाएर रोएको? आखिर ढल्नु त छदैछ, मर्नु त छँदैछ। अब ८ अर्व वर्षपछि केही विचमा भएन भने, केही बीचमै भयो भने त ध्वस्त भइहाल्छ। बीचमा केही पनि भएन भने पनि २३ सिटमा पुर्‍याएको काँग्रेसले हामीतिर लडने त होइन, लडने कुरा छाडिदिउ, सोझो हेर्ने अवस्था पनि थिएन। यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिष्ट सरकार ढालीपाउ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन्। काँग्रेसको बिँड हेर्नुस्त कस्ता छन्? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन्। के–के नामका छन्?'

समाजवादमा मात्रै पूर्ण मानवअधिकार हुन्छः नेता खनाल

'मलुक अहिले पूँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छ,' उनले भने। उनले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्