६ आश्विन २०८१ आइतबार
image/svg+xml

अवैध लागुऔषधसहित दुई पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा सवारी साधन जाँच गर्ने क्रममा भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

गुण्डागर्दी र लागुऔषध नियन्त्रणका लागि समिति गठन

गोँगबु, नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सात वटा समिति गठन गरिएको छ।  महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज नयाँ बसपार्क र त्यस क्षेत्र वरपर हुने अपराध नियन्त्रण गर्न समिति गठन गरिएको हो।

प्रतिबन्धित लागुऔषधसहित ३ पक्राउ

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ नेपाली तथा एक विदेशी नागरिक छन्।

मेडिकलको आवरणमा लागुऔषध कारोबार !

प्रहरीले मेडिकलको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा एक जनालाई बल्खुबाट पक्राउ गरेको छ। कार्की मेडिकल हल संचालन गर्ने ३० वर्षीय गोपाल कार्कीलाई प्रहरीले अवैध लागुऔषध सहित पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘लागुऔषध अपराधको वर्तमान अवस्था र प्रभावकारी रोकथामका उपाय’ विषयक गोष्ठीमा उनले लागुऔषधमा संलग्न अपराधीलाई प्रहरीले पूर्ण लगावका साथ खटिएर स्थानीय निकायसँग समन्वय गरी निर्मूल गर्नुपर्ने बताए।

लागुऔषधसहित ४ जना पक्राउ

अवैध लागूऔषधसहित रौतहटमा ४ जना पक्राउ परेका छन्। रौतहटको चन्द्रपुर नगरपालिका १ अवस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा पैदलयात्री रामेछाप जिल्लाको रामेछाप नगरपालिकार ७ का २७ वर्षका कुमार योन्जनलाई फेनारगन इन्जेक्सन १९ थान लागू औषधसहित शनिवार प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध कारोवार मुद्दामा फरार एभरेष्ट होटलका मालिक लारी पक्राउ

लागुऔषध तस्करीको मुद्दामा फरार एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ परेका छन्। लारी बिहीबार विहान महाराजगञ्जबाट पक्राउ परेको महानगरीय प्रहरी आयुक्त कार्यालयका एआइजी जयबहादुर चन्दले पुष्टि गरे।

लागुऔषध कारोवारी पक्राउ

झापा प्रहरीले ठूलो परिणामको लागुऔषध कारोबारमा सलग्न एक जना महिलालाई पक्राउ गरेको छ। व्यवसायिक रुपमा लागू औषध कारोबार गर्ने दमक १ की मन्जु धिमाललाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध सहित ५ पक्राउ

उदयपुर प्रहरीले लागुऔषध प्रयोग र कारोबारको आरोपमा ५ युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सदरमुकाम त्रियुगा नगरपालिका ३ बाट उनीहरुलाई पक्राउ गरिएको हो। एउटै वडाबाट पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ का २४ वर्षीय मिथुन चौधरी, १९ वर्षीय ओमप्रकाश चौधरी, १७ वर्षीय दिबश लोहनी र २२ वर्षीय राकेश रोक्का रहेको प्रहरी भनाई छ।

लागुऔषधसहित दुई पक्राउ

सरावल गाउँपालिका – ७ भुजहवाबाट प्रहरीले लागुऔषधसहित दुई जना युवालाई शुक्रबार पक्राउ गरेको छ। अवैध लागुऔषध नाइट्रोभेट ३९ थानसहित नवलपरासी सरावल–३ का २० वर्षीय विशाल चौधरी र सरोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अवैध लागुऔषधसहित दुई पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सर्फराज अन्सारी र ओखलढुङ्गाका सुजन लामा रहेका छन् । प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४९७० नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ को मृत्यु

फिलिपिन्सको राजधानी मनिलामा शुक्रबार मध्यराति प्रहरीले लागुऔषधविरुद्ध गरेको कारबाहीका क्रममा कम्तीमा १४ व्यक्ति मारिएका छन्।

लागुऔषध गाँजा र अफिमसहित २ जना पक्राउ

अबैध लागूऔषध गाँजा र अफिमसहित २ जनालाई मकवानपुर प्रहरीले ग्राहक बनेर पक्राउ गरेको छ। २२ किलो ५ सय ग्राम गाँजा र १ किलो २ सय ग्राम अफिमसहित उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्