६ आश्विन २०८१ आइतबार
image/svg+xml

लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सिरहाको गोलबजार नगरपालिका–६, लक्ष्मीमन्दिर नजिकबाट प्रहरीको विशेष टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

लोकन्थलीबाट लागुऔषधसहित दुई पक्राउ

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट अवैध लागुऔषध र धारिलो हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषधसहित तीन जना पक्राउ

पोखराको मेन्द्रपुल नजिक आज ग१च ४८६५ नंको कारलाई शङ्का लागि खानतलासी गर्दा उक्त कारमा चालकको साथमा रहेको कालो झोलाभित्र लागुऔषध नाइट्रोभ्याट–१० लेखिएको १२० चक्की र ९६ हजार ४५० रूपैयाँ बरामद गरिएको बताइएको छ।

लागुऔषधसहित एक महिला र दुई पुरुष पक्राउ

जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ।

लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित बुधबार साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो।

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै रूपन्देही

पछिल्लो समय पर्यटकीय नगरी पोखरा, चितवन लागुऔषधका अम्मलीको अखडा बन्दै गर्दा रूपन्देहीको भैरहवा ती स्थानका लागि लागुऔषधको सप्लाई गर्ने ट्रान्जिट बनेको छ

गाँजासहित तीन जना पक्राउ

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषधसहित दुई पक्राउ

प्रहरीले  ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई  पक्राउ गरेको छ।

लागुऔषध मुख्य चुनौती

पछिल्लो समय बढिरेका अपराधका घटना न्यूनीकरण गर्न लागुऔषध मुख्य चुनौती रहेको प्रहरीले बताएको छ। यो कुरा पछिल्लो समय लागुऔषध प्रयोग तथा ओसारपसारको अखडा बन्दै जानुले पनि पुष्टि गरेको प्रहरीको दाबी छ। खुला सिमाना र सहज उपलब्धताका कारण दिन प्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ।

नेपाली सेनाका मेजर अजित सिंह पक्राउ

नेपाली सेनाका मेजर अजितप्रताप सिंह पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको सेनाले जनाएको छ। सेनाले उनलाई किन नियन्त्रणमा लिएको भन्नेबारे अनुसन्धान गर्न सैनिक प्रहरी टोली खटाएको छ।

कारमा लागुऔषध ओसार्ने दुई पक्राउ

प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलो भन्ने स्थानबाट बिहीबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।

खुर्सानी र टोस्टको खोलमा लागुऔषध

भैरहवा नाकाबाट प्राय दिनानुदिन लागुऔषध बरामद भइरहेको हुन्छ। कहिले शरीरमा लुकाएर खानतलासी गर्दा भेटिन्छ त कहिले व्यागमा। सुरक्षा निकायले जति कडाई गरे पनि लागुऔषध तस्करहरुले नयाँनयाँ तरिकाबाट लागुऔषध भित्र्याइरहेका छन्।

प्रहरी हिरासतबाटै थुनुवा फरार

लागुऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन्।

कम्मर र खुट्टामा बाँधेर लागुऔषध ओसारपसार

कम्मर र खुट्टामा बाँधेर लुकाइछिपाइ गरी ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषधसहित एक व्यक्तिलाई प्रहरी चौकी इनर्वाले पक्राउ गरेको छ।

लागुऔषधसहित दुई पक्राउ

चितवनमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङलाई फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट (नाइट्राभेट) १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर महानगरपालिका–९ स्थित परमानन्दचोकबाट पक्राउ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्