६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपाली सेनाका मेजर अजित सिंह पक्राउ

काठमाडौं– नेपाली सेनाका मेजर अजितप्रताप सिंह पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको सेनाले जनाएको छ। सेनाले उनलाई किन नियन्त्रणमा लिएको भन्नेबारे अनुसन्धान गर्न सैनिक प्रहरी टोली खटाएको छ। 

उता प्रहरीले भने सिंहलाई डेढ ग्राम लागुऔषध ब्राउनसहित इटहरीको पूर्वी पृतना परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

सिंहलाई काठमाडौंबाट खटिएको लागूऔषध नियन्त्रण ब्यूरोले स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो। यसबारे बुझ्न खोज्दा ब्यूरोका प्रवक्ता एसएसपी बसन्त लामाले पटक पटक फोन गर्दा पनि उठाएनन्। 

प्रकाशित: २५ श्रावण २०७६ १४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App