सिरहा– सिरहाको गोलबजार नगरपालिका–६, लक्ष्मीमन्दिर नजिकबाट प्रहरीको विशेष टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने गोलबजार ६ का २१ वर्षिय राहुल भन्ने जिबछ साह र १९ वर्षिय राजन विश्वकर्मा रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।
तरकारी बेच्ने क्यारेट्मा बिक्री गर्न लुकाइराखेको ४.५ ग्राम ब्राउन सुगरसहित पक्राउ साह र विश्वकर्मालाई लागुऔषध मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कर्यालयका सूचना अधिकारी (डिएसपी) अपीलराज बोहराले जानकारी दिए। पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।
प्रकाशित: २४ भाद्र २०७६ १४:५८ मंगलबार